अभिनेता पल शाह पक्राउ

by समतल अनलाइन

तनहुँ । जबरजस्ती करणीको आरोप लागेका अभिनेता पल शाह पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय तनहुँमा आत्मसमर्पण गरेका शाहलाई आइतवार मध्यान्ह प्रहरीले नियन्त्रणमा लिइएको हो ।

उनलाई जिल्ला प्रहरी कार्यालय तनहुँले आइतबार नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक राजेन्द्रबाबु रेग्मीले जानकारी दिए । नायक शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा एक नाबालिग गायिकाले बलात्कार आरोपमा जाहेरी दर्ता गराएकी थिइन् ।
गत बुधबार जाहेरी दर्ता भएलगत्तै प्रहरीले उनको खोजी गरिरहेको थियो । तर प्रहरीले फेला पार्न नसकिरहेका बेला उनी आफैं उपस्थित भएका हुन् ।

पललाई पक्राउ गर्न नसकेपछि प्रहरीले शनिबार ‘म यस्तो गीत गाउँछु-२’ का निर्देशक तथा निर्माता सुदर्शन थापालाई बोलाएर सोधपुछ गरेको थियो । थापालाई सोधपुछपछि प्रहरीले शनिबार नै छाडिएको छ ।

 
 
  
 

You may also like