युक्रेनमाथि आक्रमण नगर्न भन्दै रुसमा प्रदर्शन, १७ सय बढी पक्राउ

by समतल अनलाइन

काठमाडौं । आज दोस्रो दिन पनि रुसले युक्रेनमा आक्रमणलाई निरन्तरता दिएको छ । राजधानी किभमा कयौं पटक विस्फोट भइरहेको बिबिसीले जनाएको छ ।

यसैबीच, युक्रेनमाथि आक्रमण गरेको भन्दै रुसमा विरोध प्रदर्शन भइरहेको छ । राजधानी मस्को, सेन्ट टिर्सवर्गलगायत ठाउँमा हजारौँ नागरिक विरोध प्रदर्शनमा उत्रिएका बीबीसीले जनाएको छ । प्रहरीले अहिलेसम्म १७ सय प्रदर्शनकारीलाई पक्राउ गरेको खबरमा उल्लेख गरिएको छ ।

यस्तै, युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्सकीले सेनाको परिचालनको आदेश दिएका छन् । रुससँग भइरहेको युद्धको अवस्थामा राष्ट्रपति जेलेन्सकीले आमरूपमा सेना परिचालनको आदेश दिएका हुन् । एक भिडियो सन्देशमार्फत उनले जगेडामा राखिएका सेनालाई काममा बोलाइएको तथा १८ देखि ६० वर्षका पुरुषहरूले देश छाड्न नपाउने बताएका छन् ।

 
 
  
 

You may also like