बलात्कार मुद्दाका फरार पल शाहले भने, ‘ममाथि नियोजित षड्यन्त्र भयो’

by समतल अनलाइन

काठमाडौं । एक नाबालिगमाथि यौन शोषणको जाहेरी परेपछि पल शाहलाई यतिबेला प्रहरीले खोजी गरिरहेको छ । शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा जबरजस्ती करणीको उजुरी परेको छ । प्रहरीले खोजिरहेका शाहले सामाजिक सञ्जालमार्फत आफ्नो बचाउको प्रयास गरेका छन् ।

उनले आफूमाथि नियोजित षडयन्त्र भएको भन्दै दुर्गेश थापा, सरोज ओली, कृष्ण जोशी र सम्राट चौलागाईंमाथि षडयन्त्र गरेको आरोप लगाएका छन् । उनले लेखेका छन्, ‘म आज केहि आफ्नो मनमा लागेको कुरा भन्न जाँदैछु । सायद अहिलेसम्म मलाई हजुरहरू सबैले आफ्नो मनदेखि निकाली सक्नु भएको होला र गाली गलौज पनि गर्दै हुनुहुन्छ होला तर पनि म तपाईंहरू सामु ममाथि गरिएको षडयन्त्रको बारेमा प्रष्ट्याउन चाहन्छु । केहि दिन अगाडि प्रशारित अडियो क्लिपमा ममाथि सुन्न नसकिने खालको कुराहरू गर्नुभयो र जुन आरोप ममाथि लगाइएको छ ती सबै नियोजित र षड्यन्त्रपूर्वक ढङ्गले ममाथि प्रहार गरिएको छ ।’

शाहले आफूमाथि षडयन्त्रको भएको प्रमाणस्वरूप केही अडियो प्रमाणहरू पनि सार्वजनिक गरेका छन् । ‘सबै अडियो क्लिप सुनिसकेर के ठिक र के बेठीक भएको छ तपाईंहरू भगवानरुपी दर्शक, मिडियाकर्मी साथीहरूले औंलाई दिनुहोला । यदि म दोषी भए नेपालको कानुन बमोजिम सजाय भोग्न तयार छु,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

 

 
 
  
 

You may also like