बुटवल । मेडिकल क्षेत्रमा कार्यरत औषधी विक्रेता तथा अस्पतालका कर्मचारीहरु बिच भातृत्व विकास गर्ने उदेश्यका साथ पहिलोपल्ट रुपन्देहीमा फुटसल प्रतियोगिता गरिएको छ ।
दि फार्मा टिमको आयोजनामा ग्रिन फिल्ड फुटसल ग्राउण्डमा शनिबार भएको प्रतियोगिताको उपाधि देवदह मेडिकल कलेजले हात पारेको छ । द फार्मा टिम भेनसलाई फाईनलमा २–० गोल अन्तरले पराजित गर्दै उपाधि हात पारेको हो । उपाधिसंगै उसले नगद २५ हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भएको छ । यसैगरि द फार्मा टिम भेनस उपविजेता बन्दै नगद १५ हजार रुपैया, कप, मेडल र प्रमाणपत्रबाट पुरस्कृत भएको छ । प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी देवदहका विबेक श्रेष्ठ, फार्माकै आर्यन घर्तिमगर उत्कृष्ट किपर, हिमचुली मेडिकलका गोबिन्द सारु मगर सर्वाधिक गोलकर्ताबाट पुरस्कृत भए ।
एक समारोहका बिच वरिष्ठ न्युरोसर्जन डा.केआई सिहले विजेता, उपविजेता टिम तथा खेलाडीहरुलाई पुरस्कार बितरण गर्दै खेलसंगै भातृत्व बिस्तार हुने बताए । प्रतियोगितामा रुपन्देहीका विभिन्न अस्पताल, फार्मा ईन्च्युटहरुसमेत गरि १४ वटा टिमहरुले प्रतिस्प्रर्धा गरेको संयोजक कंडेलले बताए ।