सुदूरपश्चिमले टस जित्यो, विराटनगरले पहिला ब्याटिंग गर्ने

by समतल अनलाइन
32Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्सले टस जितेर पहिला बलिङ गर्ने भएको छ । योसँगै विराटनगर किंग्सले पहिला ब्याटिंग गर्ने भएको छ ।

यो खेल ५-५ ओभरको हुने भएको छ । सुदूरपश्चिमका विदेशी खेलाडीले मैदान खेल्न योग्य नरहेको बताएर खेल्न तयार नभएपछि टसमा ढिलाई भएको थियो । लामो छलफलपछि म्याच रेफ्रीले खेल नखेलेमा विराटनगर किंग्सलाई २ अंक दिने चेतावनी दिएपछि अन्तत: सुदूरपश्चिम खेल्न तयार भएको थियो । यसअघि ७: ४० बाट खेल शुरु गर्ने भनिएको थियो ।

जारी प्रतियोगितामा विराटनगर किंग्सले लगातार दुई खेलमा हार बेहोरेको छ भने सुदूरपश्चिम रोयल्सले एक जित र एक हार बेहोरेको छ ।

यसअघि आज हुने भनिएको लुम्बिनी लायन्स र चितवन राइनोजबीच हुने भनिएको पहिलो खेल वर्षाका कारण रद्द भएको थियो ।

You may also like