भारतमा २४ घण्टामा थप ३१ हजार ९२३ जनामा कोरोना, ८३ करोड ३९ लाखले लगाए खोप

by समतल अनलाइन

नयाँदिल्ली। भारतमा पछिल्लो २४ घण्टामा थप ३१ हजार ९२३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ३१ हजार ९२३ जनामा कोरोना संक्रमण पाइएको हो ।

मन्त्रालयका अनुसार सोही अवधिमा कोरोना संक्रमणका कारण थप २ सय ८२ जनाको मृत्यु भएको छ । अहिलेसम्म भारतमा कोरोनाका कारण ४ लाख ४६ हजार भन्दा धेरैको ज्यान गएको छ । ३१ हजार ९९० जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । सक्रिय संक्रमितको संख्या ३ लाख १ हजार रहेको छ । भारतमा अहिलेसम्म ८३ करोड ३९ लाखले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

 
 
  
 

You may also like