१,७५७ जनाले जिते कोरोना, २,६७६ नयाँ थपिए, ३३ जनाको मृत्यु

काठमाडौ। नेपालमा पछिल्लो २४ घण्टामा थप १,७५७ जना कोरोना भाइरस संक्रमित उपचारपछि निको भएका छन् ।
पछिल्लो २४ घण्टामा देशभर २,६६७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १२ हजार ७६८ जनाको पिसिआर र एन्टिजेन परीक्षणमा २,७६७ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार ८,२५६ जना पिअिसार परीक्षण गर्दा १,७८२ र ४,५१२ जनाको एन्टिजेन परीक्षण गर्दा ८९४ जनामा संक्रमण पुष्टि भएको हो । हालसम्म पिसिआर र एन्जिजेन परीक्षण गर्दा ७ लाख ९,३४७ जनामा संक्रमण पुष्टि भएको छ । तीमध्ये ६ लाख २५ हजार ५७० जना संक्रमित निको भइसकेका छन् ।

पछिल्लो २४ घण्टामा ३३ जना संक्रमितको मृत्यु भएको छ । हालसम्म ९ हजार ४६३ जना संक्रमितको मृत्यु भइसकेको छ । देशभर २६ हजार ३३९ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । तीमध्ये २४ हजार २५ जना संक्रमित होम आइसोलेसन र २,६१४ संस्थागत आइसोलेसनमा रहेका छन् । संस्थागत आइसोलसनमध्ये ६०२ जना आइसियुमा र १७१ जनाको भेन्टिलेटरमा राखी उपचार भईरहेको छ । देशभर २९२ जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

 
 
  
 

You may also like