सहयोगी संस्थाहरुलाई राप्रपाले गर्यो सम्मान

स्वस्तिक श्रेष्ठ
बुटवल। राष्ट्रिय प्रजातन्त्र पार्टीले देवदह नगरपालिका क्षेत्रमा संचालन गरेको ‘हामी पनि वैशाखी बनौ’ अभियान समापन गरेको छ । बिहिबार एक कार्यक्रमका बिच कार्यक्रममा सहयोग गर्ने ब्यक्ति, संस्था लगायतलाई सम्मान गरि औपचारिक रुपमा अभियान समापन गरेको हो ।

राप्रपा केन्द्रीय सम्पादन समितिका सदस्य ताहिर अलि, राप्रपा केन्द्रीय सदस्य तोयानाथ लम्सालले सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरेका थिए । अभियानमा आर्थिक, भौतिक र नैतिकका साथै प्रचारप्रसारमा सहयोग गर्ने देवदह क्षेत्रका स्थानिय समाजसेवी प्रदिप न्यौपाने, लक्ष्मण तिवारी, जगदिप पाठक, कृष्ण आचार्य, लिलादेवि भुर्तेल, सुसमीत तिवारी, रेम्बो एकेडेमी, उद्योग वाणिज्य संघ देवदह, उज्यालो लालटिन, प्रहरी चौकी देवदह, दिर्घायी नेपाल, अनेरास्ववियु देवदह कमिटि, भुपु विद्यार्थी समाज महामाया विद्यालय, संचार क्षेत्रबाट सहयोग गर्ने बुटवलटुडे दैनिक, बुद्घ टिभि, सेतोमसी, गुरास मिडिया, रबिन्द्र गुप्ता, गोबिन्द घर्ती, कामना दैनिकका सुरज भट्टराई, देवदह टेलिभिजनलाई सम्मान गरिएको थियो ।

राप्रपा देवदह नगरका अध्यक्ष माधव रिमालले हामी पनि वैशाखी बनौ भन्ने नारासहित संचालन गरिएको अभियान समापन गरिएको बताए । यस क्रममा नगर क्षेत्रमा असार २ गतेबाट शुरु भएको बाढी, डुवानमा उद्घारका कार्यक्रम भने निरन्तरता दिईने उनले बताए। पहिलो चरणमा सचेतनाका कार्यक्रम गरिएको भन्दै दोस्रो चरणमा भने संक्रमितहरु अस्पताल पुग्न नै नसक्ने अवस्था आउदा त्यसमा सहयोगको अभियान शुरु गरेको उनले बताए । राप्रपा देवदह नगर कार्यसमितीका अध्यक्ष माधव रिमालको संयोजकत्वमा १५ जनाको टोली तयारी गरिएको छ ।

कार्यक्रममा राप्रपा नगर उपाध्यक्ष विनोद सेन्चुरीले कोभिडको समयमा सवारी साधन उपलब्ध गराएर थोरै भएपनि मानवता जगाउने सफल भएको बताए । चालक शेषकान्त गौतम र रमेश प्रसाद पौडेलले २४ घण्टा सेवा दिएर पुण्य कार्यमा सहयोगी भएकोमा विशेष धन्यबाद दिए । कार्यक्रममा सैनिक संगठनका केन्द्रीय सदस्य लाल बहादुर ठकुरी, वार्ड ९ का सचिव किरण गौतम, युवक संगठनका केन्द्रीय सदस्य ज्ञानु तिवारी, क्षेत्र न.१ सदस्य गोविन्द खरेल, क्षेत्र न.१ प्रदेश सभा (क)का अध्यक्ष कमल गौतम, युवक संगठन रुपन्देही जिल्ला सदस्य पारस अधिकारी, युवक संगठन देवदह नगर वार्ड ९ अध्यक्ष धनराज भुर्तेलले आगामी दिनमा समेत सामाजिक र मानविय काममा अग्रसर रहने बताए ।

 
 
  
 

You may also like