181
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप १,५८४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न जिल्लामा गरिएको ६,५८३ पीसीआर परीक्षणमा १,५८४ जनामा कोरोना पुष्टि भएको हो ।
यस्तै ४,३२१ एन्टिजेन परीक्षणमा ७१३ जनामा कोरोना संक्रमण देखिएको छ । पीसीआर र एन्टिजेन परीक्षणबाट कुल २,२९७ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा पीसीआर परीक्षणमा कोरोना देखिनेको संख्या ६ लाख २२ हजार ६४० पुगेको छ ।