“ कोरोना कहर कथा:होस त गुमेको थियो तर आत्मबिश्वास गुमाइन ”

सैनामैना । जापानमा लामो समयदेखी होटल ब्यबसायमा जमेका रुपन्देही सैनामैना नगरपालीका वडा नम्बर ७ का कृष्ण प्रसाद घिमिरे उमेरले ४२ नाघे । जापानबाट केहि महिना छुट्टीमा नेपाल आएका उनमा बैशाख दोस्रो साता नेपालमा भित्रिएको दोस्रो लहरको कोभिड सक्रमण देखियो ।

कोरोना कहरमा परेको पिडाको कथा सुनाउने क्रममा उनी अहिले निको हुने क्रममा भने छन । २५ दिनअगाडी देखी भोगेको पिडा कम्ता भने छैन , आफ्ना अनुभब बेलिबिस्तार लगाउदै घिमिरे भन्छन – शुरुमा मलाइ सामान्य ज्वरो आयो । टाउको दुख्यो । २, ४ दिन घरमा कामको धपडीले होला भन्ने ठाने ।

 

सिटामोल खाए र स्थानीय मेडिकलमा गएर औषधि पनी लिएर आए । त्यहा ३ वटा छातिमा इनफेक्सन भएको सुइ लगाइयो तर खोक्दा सुत्दा छाती दुखि नै रह्यो । ”

यो बिचमा कोभिडको महामारीले जताततै मानिसहरु मरेको समाचारहरु पनी आइरहेका थिए । सैनामैनामा मृतकको सङख्या बढिरहदा घिमिरेमा पनी एक किसिमको त्रास भइनै रहेको थियो ।

यो बिचमा उनले कोभिडकै कारण हजुरआमा टोपकला पान्डे र माइजु रेनुका पान्डेलाइ गुमाइसकेका थिए । गाउघरका छिमेकी र आफन्तहरुको मृत्युको खबर सुनेका उनले कयै रात होस भने गुमाए तर आत्मबिश्वास भने गुमाएनन ।

 

 

मेहेनती ,मिजाशीला र सबैको भलो चाहाने कृष्णले घरपरिवार र आफन्तहरुको माया आशिबादले आफु यो स्थितीमा आएको बताउछन । बिचमा मेरो श्वासप्रश्वासमा पनी समस्या आयो , घिमिरेले भने – घरमै अक्सिजनको ब्यबस्था गरेर अक्सिजन लगाएर आफुलाइ सहज भएको हो । घरमा बुवासगै वल्तीर पल्तीर सबै ग्रस्त भएका थिए त्यतीबेला नै मलाइ लागेको थियो यो कोभीडले कतै मलाइ लाने त हैन ?
अहः तर मैले हार भने खाइन । ”

 

 

जिन्दगीमा धेरै हन्डर ठक्कर खाएका घिमिरेले जस्तोसुकै परिस्थितीमा पनी हार मान्ने मान्छे होइनन तर अहिले कोरोनाले थलै पारेको बताए ।
१५ , २० दिनपछी मलाइ निको हुदै गयो र अहिले आएर फेरी दोस्रो जिबन पाएजस्तो अनुभब भएको छ । यो बिचमा मैले सम्झनै पर्छ – डाक्टर नन्दु पाठकलाइ । उहाको प्रत्यक्ष निगरानीमा सरसल्लाह , उत्प्रेरणले निकै काम गर्यो ।

 

औषधीका लागी दिनेश प्रोखे्रेल भाइले पनी निकै सहयोग गरे । दिदि भिनाजु कमला र विष्णु  अधिकारी, भाइहरु आत्मराम,बिष्ण्ुा पान्डे , बुहारी गंगा , श्रीमती गीता ,आमाबुवा दिदिहरु , भिनाजुहरु ,बहिनीहरु सबैको साथ सहयोगले अहिले कोरोनालाइ जित्न सफल भएको जस्तो लागेको छ ।

 
 
  
 

You may also like