कोरोनाबाट भएको कमजोरीलाई हटाउनका लागि गर्नु पर्ने दश काम

कोरोनाको हल्का लक्षण भएका बिरामीहरु १४ दिनमा स्वत: ठिक हुन्छन् ।यद्यपि, नेगेटिभ रिपोर्ट आएपछि थकान तथा कमजोरी धेरै दिनसम्म रहिरहन सक्छ ।
केही मानिसहरुलाई त यसबाट बाहिर आउनका लाग ६ देखि ८ महिनासम्म लाग्न सक्छ ।छिट्टै ठिक भएर पुरानै रुटीमा फर्किनका लागि स्वास्थ्य विशेषज्ञहरुका केही टिप्सहरु हाम्रालाई उपयोगी हुन सक्छन् ।

डा.दिक्षा भावसरले इन्स्टाग्राममा कोरोनाका बिरामीहरुका लागि केही त्यस्ता टिप्सहरु बताएकी छिन्, जसले चाँडै रिकभरी हुनलाई सहयोग पुर्‍याउँछ ।

उनले सुरक्षाको ख्याल राख्दै न्यूट्रिशन, फिटनेस तथा पुरै स्वास्थ्यमा ध्यान दिनु आवश्यक भएको बताएका छन् ।

बिहान चाँडै उठौं
बिहान चाँडै उठ्नाले हामीले भित्रबाट स्वयंलाई सकारात्मक तथा उर्जावान महसुस गर्नेछौं । बिहानको ताजा हावा तथा घामले शरीरलाई सक्रिय बनाउने छ । बिहान–बिहान व्यायाम गर्नाले मूड पनि राम्रो हुन्छ र दिन पनि राम्ररी बित्छ । यसले हामीलाई शारीरिकमात्रै होइन मानसिक रुपले पनि मजबूत बनाउँछ ।

सजिला व्यायामबाट प्रारम्भ
कोरोना ठिक हुने प्रकृयामा कुनै पनि प्रकारको हडबडी देखाउनु हुँदैन । निकै गाह्रा तथा अफ्ट्यारा व्यायाम गर्नबाट बच्नु पर्छ । बिस्तारै–बिस्तारै वाकबाट प्रारम्भ गरौं, ब्रीदिङ एक्सरसाइज तथा मेडिटेशन गरौं । यो समयमा तपाईंको शरीरलाई आरामको आवश्यकता हुन्छ । त्यसैले हल्का–फुल्का व्यायाम नै गर्नु पर्छ ।

प्राणायम

घरमै बसेको बेला अक्सीजनको लेभललाई कायम राख्नु पर्छ । अनुलोम–विलोम, भ्रामरी, कपालभाति तथा भस्त्रिका प्राणायम गर्नाले शरीरमा अक्सीजनको कमी हुने छैन । यी प्राणायम हरेक दिन गर्न सकिन्छ ।

बिहानको घामको किरण

हरेक दिन बिहान ३० मिनेटसम्म घाममा बस्नु पर्छ । बिहान–बिहानको घाम धेरै चर्को हुँदैन । बिहान घाममा बस्नाले हामीले भिटामिन डी तथा इनजी प्राप्त गर्न सक्छौं ।

ड्राइ फ्रूट्स खाउँ

हरेक दिन बिहान एउटा खजूर, एक मुठ्ठी किसमिस, दुई वटा बदाम तथा दुई वटा ओखर खानु पर्छ । ध्यान दिनु पर्ने कुरा के छ भने यी सबै खानेकुराहरुलाई रातभरि पानीमा भिजाएर राखिएको हुनुपर्छ । हरेक दिन ड्राइ फ्रूट्स खानाले हाम्रो शरीर भित्रैबट मजबूत बन्छ ।

लञ्चमा ध्यान दिनु पर्छ

कोरोनाबाट ठिक भएको केही दिनपछि सम्म पनि त्यस्तो खानेकुरा खानु पर्छ, जुन हल्का तथा सजिलै पच्ने प्रकारको होस् । हरेक दिन दालको झोल पिउनु पर्छ र एक दिन बिराएर पौष्टिक खिचडी खानु पर्छ । यसले शरीरलाई चाँडै मजबूती प्रदान गर्छ ।

सजिवनको सूप

सजिवनमा थुप्रै औषधीय गुण पाइन्छ । यसमा क्याल्सियम तथा फोस्फोरस पाइन्छ । यीनले हड्डीहरुलाई मजबूत बनाउनुका साथै डिप्रेशन, डर तथा थकानलाई टाढा भगाउँछ । हप्तामा दुई–तीन पटक सजिवनको सूप पिउनु पर्छ ।

जीरा, धनियाँ र सौंफको चिया

दिनमा दुई पटक जीरा, धनियाँ र सौंफको चिया पिउनु पर्छ । यसले शरीरलाई भित्रैबाट सफा राख्छ, शरीरको तौल नियन्त्रण गर्न सहयोग गर्छ, तनाव घटाउँट तथा पाचन क्रियालाई ठिक बनाउँछ । यसलाई खाना खाएको एक घण्टापछि पिउनु पर्छ । इम्यूनिटि बढाउनका लागि हामीले हर्बल टी पनि पिउन सक्छौं ।

राति चाँडै सुतौं

कोरोनाबाट चाँडै तथा पूर्ण रुपले ठिक हुनमा निद्राको ठूलो भूमिका हुन्छ । जति राम्ररी निन्द्रा पुरा गरिन्छ, हामी त्यति नै चाँडो ठिक हुन्छौं । राति चाँडै सुत्ने कोशिश गर्नु पर्छ । टेलिभिजन तथा मोबाइलको प्रयोग कम गर्नु पर्छ ।

मास्क तथा सामाजिक दुरी

कोरोनामुक्त भएपछि पनि धेरै कुरामा सावधानी अपनाउनु पर्छ, नत्र थोरै लापरवाहीले समेत हाम्रो इम्यून सिस्टम अझ कमजोर हुनसक्छ । त्यसैले अति नै आवश्यकता नपरि घर बाहिर निस्कनु हुँदैन । यदि जानै पर्यो भने पनि दुई वटा मास्क लगाएर तथा सामाजिक दुरी कायम राख्ने कुरामा विशेष ध्यान दिनु पर्छ ।

 
 
  
 

You may also like