सिद्धबाबा हस्पिटल एण्ड रिसर्च सेन्टरको स्तरोन्नती गरिदै , १ सय बेडमा पुर्याइने

बुटवल । बुटवलमा रहेको सिद्धबाबा हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिको स्तरोन्नती गरिने भएको छ । हाल २४ बेडमा संचालित अस्पताललाइ अब १ सय बेडमा पुर्याइने अस्पतालले जनाएको छ । अस्पताल चौथो बर्षमा प्रवेश गरेको अवसरमा आईतबार अस्पताल परिसरमा पत्रकार सम्मेलन गरि आगामी योजनाका बारेमा जानकारी दिइएको हो ।

अस्पतालका अध्यक्ष तथा मृगौला रोग विशेषज्ञ डा।शक्ति बस्नेतले कोभिड-१९ का कारण स्थापना दिवसलाई सामान्य कार्यक्रम गरि मनाईएको बताए ।

युवा विशेषज्ञ चिकित्सकहरुको समुहबाट २४ शैय्या दर्ता भएर सेवा शुभारम्भ गरेको उनले बताए । अस्पतालबाट मृगौला, दम तथा छाती, महिला तथा स्त्री रोग, दन्त, न्युरोसर्जरी, नाककानघाँटी, छालारोग, युरोलोजी मुत्ररोग, पेट तथा कलेजो, लगायतको विशेषज्ञ सेवा दिदै आएको बस्नेतले बताए । डेढवर्षको अवधिमा सेवाहरु थप गरिएको छ ।

नियमित ५ वटा हेमोडाईलोसिसन मेशिनबाट सेवा दिईरहेको अस्पतालमा ९ वेडको आईसियु सेवा रहेको छ । मुटुको ईको, हल्टर, फोक्सो सम्बन्धि जाँच, नशा सम्बन्धि समेत जाँचहरु हुने डा। बस्नेतले बताए ।

स्थापनाको ३ वर्षको समयमा ४१ हजार २ सय ७७ जना विरामीहरुले ओपिडि सेवा लिएको उनको भनाइ छ । कार्यक्रममा अस्पतालका निर्देशक डा। दिपेश प्रधानले युवा चिकित्सकहरु र परिवारबाट १० करोड लगानीमा शुरु गरिएको बताए । अस्पताल स्तरिकरण गरि एक सय बेडमा लैजान ५० करोड आवश्यक हुने र त्यसको तयारी रहेको उनले बताए ।

यसैगरि ईमेरजेन्सिबाट ३ हजार ७ सय ९० जनाले सेवा लिएको छ । अस्पतालले २ सय ६० वटा सर्जरी, ३८ वटा गाईनो, ३१ अर्थो, १२ न्युरोका मेजर सर्जरी तथा ४ सय ३५ सर्जरी, ४३ गाईनो, ३० अर्थो, ४ वटा न्युरोका माईनर सर्जरी गरिएको उनले बताए ।

यसअघि चितवन, काठमाडौं जानुपर्ने विरामीहरुको बाध्यता कम गर्न सफल भएको उनीहरुको दाबी छ । रुपन्देही, रोल्पा, पाल्पा, बागलुङ, नवलपरासी, दाङ, प्युठान, गुल्मी, अर्घाखाँचीबाट समेत विरामीहरुले सेवा लिएका छन् ।

कार्यक्रममा डा यमनचन्द्र प्रधानले कोभिड(१९ को पहिलो लहरमा विशेषज्ञ सेवा दिएको अस्पतालले दोस्रो लहरमा पनि सेवा दिने तयारी रहेको बताए । अस्पतालले २४ घण्टा आईसियु, सिसियु, ईमेरजेन्सी सेवा, डाईलोसिस तथा अत्याधुनिक उपकरणहरुबाट ल्याब, प्याथोलोजी, फार्मेसी सेवा दिदै आएको उनले बताए ।

अस्पतालका ब्यवस्थापक प्रकाश न्यौपानेले चिकित्सकहरुको समुहबाट पेशाभन्दा माथि रहेर मानविय सेवामा योगदान दिएको बताए । अस्पतालमा ९५ जना चिकित्सक र कमर्चारीबाट सेवा दिईरहेको छ ।

सेवासंगै विकट क्षेत्रहरुमा निशुल्क स्वस्थ्य सेवा र जनचेतना कार्यक्रम समेत गरेको अस्पतालका ब्यबस्थापक प्रकाश न्यौपानेले बताए । पछिल्लो समय २ सय रुपैयामा अस्पतालले विशेषज्ञ सेवा दिइरहेको उनले बताए । साथै आजै अस्पतालले बिरामीहरुलाइ फलफूल समेत बितरण गरेको छ ।

 
 
  
 

You may also like