नेपाल नियमित रक्तदाता संघद्वारा ११५ युनिट रगत संकलन

by समतल अनलाइन
Shares

बुटवल। नेपाल नियमित रक्तादाता संघ रुपन्देहीले एक कार्यक्रमका बिच ११५ युनिट  रगत सकलन  गरि रक्तसञ्चार केन्द्र लाई हस्तान्तरण गरेको छ।नेपाल नियमित रक्तदाता संघ रुपन्देहीले प्रत्येक महिनाको तेस्रो सनिवार नियमित रक्तदान गर्दै आइरहेको छ।

सस्थाका अध्यक्ष दया बहादुर सिलवाल को अध्यक्षता,लुम्बिनी प्रदेशका सभामुख माननीय पुर्ण बहादुर घर्तीको प्रमुख आतिथ्यता,प्रमुख सल्लाहकार विमल बहादुर शाक्या को विशिस्ट आतिथ्यता,सल्लाहकार सुरेन्द्र कुमार शाक्य को आतिथ्यता मा सम्पन्न कार्यक्रममा बोल्दै वक्ता हरुले समाजमा नेपाल नियमित रक्तदाता संघले अनुकरणीय कार्य गर्दै आइरहेकोमा प्रस्समसा गरे।लुम्बिनी प्रदेशका सभामुख माननीय पुर्ण बहादुर घर्तीले  सस्थालाई आर्थिक ,नैतिक ,भौतिक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा संयोजक मन्जु गिरीको स्वागत,सल्लाहकार राजकुमार श्रेष्ठ ,सल्लाहकार सुरेन्द्र कुमार शाक्य ,प्रमुख सल्लाहकार विमल बहादुर शाक्य,लुम्बिनी प्रदेशका सभामुख पुर्ण बहादुर घर्ती ज्युले मन्तब्य व्यक्त गरे। भने कार्यक्रम को सन्चालन सचीव महेश खनालले गरेका थिए ।

You may also like

This will close in 0 seconds