लिस्नुका बिरुद्ध सुनौलो संगमको फराकिलो जित फर्साटिकर

by समतल अनलाइन

बुटवल । सुनौलो संगमको जितसँगै जारी सातौं फर्साटिकर कप नकआउट फुटबल प्रतियोगिताको दोस्रो चरणमा प्रबेश गरेको छ । आईतबारको खेलमा सुनौलो संगमले लिस्नु युवा क्लबका बिरुद्ध ३ गोल गर्न सफल भएको थियो।

आईतबारको खेलमा सुनौलो संगम युवा क्लबका जर्सि नं ४ का जीवन राई म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद १ हजार ५ सय प्राप्त गरेका थिए।प्रतियोगिता अन्तरगत १३ गते सोमबारको खेल नवयुवा खेलकुद तथा साँस्कृतिक क्लब ठुटीपिपल बिरुद्ध पाल्पा ११ पाल्पा बिचहुने खेल संयोजक टेकु भण्डारीलेजानकारी दिए ।

फर्साटिकर युवा क्लब, शुद्धोदन–४, फर्साटिकर रुपन्देहीको आयोजनामा शुरु प्रतियोगितामा प्रदेश ४ र ५ का १६ टोलीहरुको सहभागिता रहेको खेल पौष २५ गते समापन हुनेछ ।शुद्धोधन गाउँपालिका रुपन्देहीको मुख्य प्रायोजन रहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाख प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष मुकेश कुँवरले जानकारी दिए ।

 
 
  
 

You may also like