बुटवलमा लन्च गरियो नयाँ रे जेडआर १२५ एफआई स्कुटर

by समतल अनलाइन

बुटवल । एम.ए. डब्लु इन्टरप्राईजेज(यमाहा) को आधिकारिक बिक्रेता बुटवल बाईकर्स प्रा.लि. बुटवलले बिहीबार नयाँ रे जेडआर १२५ एफआई स्कुटीको एक कार्यक्रमका बीच लन्च गरेको छ ।नेपालमै पहिलो पटक असोज ०७ गते काठमाडौंमा भएको भर्चुअल प्रविधिबाट सार्वजनिक गरिएको नयाँ यमाहा रे जेडआर १२५ एफआई स्कुटी लुम्बिनी अञ्चलको भैरहवापछि बुटवलमा पहिलो पटक सार्वजनिक गरिएको हो ।

कार्यक्रममा बुटवल बाईकर्स प्रा.लि. का प्रबन्ध निर्देशक तेज प्रसाद भट्टराईको अध्यक्षतामा प्रमुख अथिति सामाजिक व्यक्तित्व महेन्द्रनारायण श्रेष्ठले पानसमा बत्ती बाली रिबन काटेर नयाँ स्कुटरको उद्घाटन गरेका थिए । कार्यक्रममा बोल्दै उनले कोरोना भाईरसको विषमपरिस्थितिमा समयको परिवर्तनसंगै बुटवल बाईकर्स प्रा.लि.ले नयाँ ब्राण्डको स्कुटी सार्वजनिक गरेकोमा धन्यवाद व्यक्त गर्दै धेरै ग्राहकको रोजाईमा पर्ने बताउदै व्यवसायिक सफलताको शुभकामना दिएका थिए ।

त्यसैगरी संस्थाका प्रबन्ध निर्देशक भट्टराईले नयाँ यमाहा रे जेडआर १२५ एफआई स्कुटी साईड स्ट्याण्ड अफ गरी स्टार्ट हुन सक्ने भएकाले दुर्घटना न्यूनीकरणमा सहज हुने बताए ।

त्यस्तै एमए डब्लु इन्टरप्राईजेज लुम्बिनी अञ्चलका लागि सेल्स म्यानेजर प्रेम सुवेदीले नयाँ यमाहा रे जेडआर १२५ एफआई अन्य स्कुटरभन्दा यो सेग्मेन्टकै सबैभन्दा छिटो पिकअप लिने स्कुटर रहेकोले यसले ७.५९ सेकेण्डमा प्रतिघण्टा ६० किलोमिटरको गतिलिन सक्ने बताए । त्यस्तै माईलेज पनि प्रतिघण्टा ५८ किलोमिटर रहेको र अन्य फिचरहरुपनि अघिल्लो रे जेडआरको भन्दा उत्कृष्ट रहेको बताए ।

यसमा १२५ सीसीको बीएस ६ कम्प्ल्यान्स यामाहामा प्याटेण्डेड ब्लुकोर एफआई प्रविधिसहितको इन्जिन लगाईएको छ । त्यस्तै अंग्रेजी अक्षर ‘वाई’ आकारको नयाँ एलईडी लाईट,नयाँ डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर,स्टप एण्ड स्टार्ट सिस्टम,क्बाइट स्टार्टअपको लागि स्मार्ट मोटर जेनेरेटर,साइड स्ट्याण्ड इन्जिन कट–अफ स्विच र युनिफाइड बे्रकिङ सिस्टम जस्ता आधुनिक र सुविधाजनक फिचर रहेका छन् । यसको बजार मुल्य रु २ लाख ५४ हजार ९ सय,९९ केजी वजन र १२५ सीसी स्कुटर सेग्मेण्टको सबैभन्दा हलुका रहेको छ । साथै दशै तिहारमा खरिद गर्ने ग्राहकहरुलाई स्कुटरको कुल मुल्यमा रु ६ हजार छुट प्रदान गर्ने भएको छ ।

कार्यक्रममा संस्थाका संस्थापक शालिकराम भट्टराई, नेको इन्स्योरेन्स प्रदेश नं ५ का एसिस्टेण्ट जनरल म्यानेजर रमेश थापालगायतको उपस्थिती रहेको थियो । सो अवसरमा संस्थाका प्रबन्ध निर्देशक तेज भट्टराईले नयाँ स्कुटी खरिद गर्ने पहिलो ग्राहक विष्णु गुरुङ्गलाई बधाई तथा सम्मान गरेका थिए । कार्यक्रम रेशम  ढकालको स्वागत मन्तव्यमा कार्यक्रमको सञ्चालन बुटवल बाईकर्स प्रा.लि.का मार्केटिङ्ग म्यानेजर निर्मल बेल्बासेले गरेका थिए ।

 
 
  
 

You may also like