सत्यवती सम्पर्क समाज कोरीया द्धारा मृगौला पिडितलाई आर्थिक सहयोग

by समतल अनलाइन

सुरेश थापा
गुल्मी । विगत ७ महिनादेखि दुवै मृगौला फेल भई जिवन मरणको दोसाँधमा रहेका सत्यवती–४, एक्सिं निवासी, गुल्मीको साहाघाटमा होटेल व्यवसाय गर्दै आउनुभएका ३६ वर्षिय तिर्थ सींजालीको उपचारार्थ कोरीयामा कार्यरत नेपाली दाजुभाईहरुद्धारा पठाइएको नगद रु. १ लाख १२ हजार सहयोग रकम हस्तान्तरण गरिएको छ ।

कोरियामा कार्यरत सत्यवती सम्पर्क समाज का अभियान्ता घनश्याम विश्वकर्माको नेतृत्वमा उक्त सहयोग रकम संकलन गरि पठाइएको रकमलाई पत्रकार सुरेश थापा, शंकर भुसाल र अर्जुन खत्रि ले हस्तान्तरण गरेका हुन ।सत्यवती सम्पर्क समाज का संस्थापक तथा समाजसेवी तारानाथ ज्ञवाली को सल्लाह र विष्णु भण्डारी ,हिमाल भण्डारी, अर्जुन ज्ञवाली र रामु भण्डारी को विशेष सहयोग मा करिव दश दिन जति सञ्चालन गरिएको अभियान मा सत्यवती गा पा र नेपाल का विभन्न जिल्ला बाट रोजगार को शिलशिला मा कोरीया गएका दाजुभाइ हरु ले समेत उक्त सहयोग रकम प्रदान गरेका छन् अभियान का संयोजक घनश्याम विश्वकर्मा ले कल्चर नेपाल सङ्ग कुरा गर्दै भने प्रवास मा रहेपनि आफ्नो देश,र गाउँ समाज का दाजु भाइ तथा दिदी बैनी हरुलाई प्राकृतिक विपत होस् या मानवीय स्वस्थ संकट हरेक दुःख को घडि मा कुनै पनि वर्ग लिङ्ग जात ,धर्म नहेरी मानवीय धर्म लाई सर्वोपरि ठान्दै स्वयं आफू र सम्पर्क समाज कोरीया ले कुनैपनि सहयोग निस्वार्थ भावना ले गर्ने प्रतिबध्दता समेत गरेका छन् विश्वकर्मा ले भने विगत मा पनि सत्यवती सम्पर्क समाज ले आफ्नो गाउँ पालिका भित्र भएका यस्तै खाले स्वस्थ समस्या भएका दाजुभाइ लाई र प्राकृतिक विपत का समयमा पनि आफ्नो सक्दो आर्थिक सहयोग को गर्दै आएको छ र आउँदा दिन मा पनि सकेको सहयोग गर्ने छ भन्दै अन्य मुलक मा रहनु हुने प्रवासी दाजुभाइ दिदी बैनी हरुलाई पनि यस्ता विपत मा एकताबद्ध भएर एक मानव ले अर्को मानव को जीवन रक्षा नै मानवीय धर्म सम्झन का निम्ति विनम्र आग्रह समेत गरेका छन् । पछिल्लो समय मा स्वदेश मा होस् या विदेश मा प्राय जसो राजनैतिक ,धार्मिक र जातिय कित्ता मा विभाजन हुन खोज्ने युवा वर्ग ले त्यस्तो कु कार्य बाट मुक्त भई मानवता को पक्ष मा कार्य गरे देश र समाज समुन्नत र सामाजिक सदभाव मय हुनेछ भन्ने विश्वास प्रकट गरेका छन्।

रकम पठाउनेहरुमा तारानाथ ज्ञवाली नादेवा ४०००० वन, घनश्याम विश्वकर्मा रगेवा ३०००० वन, विष्णु प्रसाद भण्डारी साहाघाट ३०००० वन, हिमाल फूङ्जाली रगेवा ३०००० वन, कृष्ण परियार खैरेनी बजार खोल्टा ३०००० वन, लक्ष्मण शर्मा छत्तिनबोट ६०१०० वन, भरत ज्ञवाली नादेवा ३५००० वन, हेमन्त भट्टराई धुसेनी पादी ३०००० वन, विष्णु काला मगर छत्तिनबोट ३०००० वन, लक्ष्मण शर्मा हँसरा ३०००० वन, दिनेश बुढाथोकी संखुवासभा २०००० वन, दिपक गौतम चन्द्रकोट गुल्मी ११००० वन, अर्जुन ज्ञवाली नादेवा ५०००० वन, चन्द्र राना गुल्मी, सम्पर्क समिति अध्यक्ष ३०००० वन, हिमाल भण्डारी साहाघाट ३०००० वन, हिमाल भण्डारी साहाघाट ३०००० वन, हरी भण्डारी साहाघाट ३०००० वन, कमल भण्डारी साहाघाट ३०००० वन, गंगाराम भुसाल बुटवल २०००० वन, केशव भण्डारी साहाघाट २०००० वन, माधव भण्डारी देउराली ३०००० वन, गोविन्ध पाण्डेय अस्लेवा २५००० वन, प्रकाश पाण्डेय अस्लेवा २०००० वन, नविन पाण्डेय अस्लेवा २०००० वन, खेम ढकाल जोहाङ्ग खैरेनी ३०००० वन, मुकेश बास्तोला इटहरी १०००० वन, सागर भण्डारी साहाघाट ३०००० वन, दुर्गादत्त भण्डारी रगेवा ३०००० वन, युवराज ढकाल कुमालडाँडा हाल कपिलवस्तु ३०००० वन, होम बहादुर बुढाथोकी भार्से ३०००० वन, गणेश भण्डारी साहाघाट ३०००० वन, रामु भण्डारी साहाघाट ४०००० वन, पूर्ण बहादुर बुढाथोकी धादिङ २०००० वन, गौरव पाण्डे हर्मीचौर २०००० वन, आर्जन मैनाली रामेछाप २०००० वन, मिलन न्यौपाने हेटौडा २०००० वन, निरोज राना पोखरा १०००० वन, मिता गुरुङ गोर्खा ३०००० वन, यज्ञमूर्ति पाण्डे रामबारी ३०००० वन, अनुज चौलागाई काभ्रे २०००० वन, गोपाल माझी खैरेनी ३०००० वन, शंकर ज्ञवाली खैरेनी कुडुले ३०००० वन, आनन्द टंडन रेसुङ्गा १२ गुल्मी १५००० वन, सींजाली परिवार आर्थिक रुपमा एकदमै कमजोर रहेकोले थोरै भएपनि सहयोग गर्न सके केहि राहतहुने े र अरुले पनि यसरीनै सहयोग गरुनभन्ने उद्देश्यलिएर उक्त रकम पठाएको घनश्याम विश्वकर्माले बताएका छन ।

 
 
  
 

You may also like