61
काठमाडौं । ७ महिनाभन्दा बढीदेखि फैलिएको कोरोना भाइरसको संक्रमणले ब्राजिलमा साढे ३१ लाखभन्दा बढी मानिस संक्रमित भएका छन् ।बिहीबार यो समाचार तयार पार्दासम्म एकै दिन १ हजार १६४ जनाको मृत्यु भएको छ । योसँगै ज्यान गुमाउनेको संख्या पनि १ लाख ४ हजार २६३ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ५८ हजार ८१ जनामा संक्रमण पुष्टि भएपछि ब्राजिलमा संक्रमित संख्या ३१ लाख ७० हजार ४७४ पुगेको छ ।
अमेरिकापछि सबैभन्दा बढी संक्रमण देखिएको ब्राजिलमा २३ लाख ९ हजार ४७७ जना संक्रमणमुक्त भएका छन् भने ७ लाख ५६ हजार ७३४ जनाको उपचार भइरहेको छ ।