127
बुटवल। बुटवल उप-नगरपालिकामा थप २ जनामा कोरोना संक्रमण देखिएको छ। लुम्बिनी प्रादेशिक अस्पतालको प्रयोगशालामा शुल्क तिरेर उनीहरुले शुक्रबार स्वाव संकलन गरि शनिवार पिसिआर रिपोर्ट पोजेटिभ आएको जनस्वास्थ्य प्रयोगशाला प्रमुख डाक्टर राजेन्द्र गिरीले बताए।
उनीहरुले बुटवल वडा- ६ ठेगाना टिपाएको तर अहिले सम्पर्क विहिन छन् । उनीहरुले दिएको मोबाइल नम्बरमा सम्पर्क गर्दा सम्पर्क हुन नसकेको डा. गौतमले जानकारी दिए। परिक्षणमा पोजेटिभ देखिएका व्यक्ति नै सम्पर्कमा नआउँदा उनीहरुको ट्राभल हिस्ट्री पत्ता लगाउन समस्या भएको छ।
previous post