70
काठमाडौं। करिव ७ महिनादेखि फैलिएको कोरोना भाइरसको संक्रमणले ब्राजिलमा एकै दिन ४१ हजार १६९ संक्रमित भएका छन्।
योसँगै ब्राजिलमा संक्रमितको संख्या २४ लाख ८४ हजार ६४९ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा थप ९५५ जनाको मृत्यु भएको छ । योसँगै ब्राजिलमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या ८८ हजार ६३४ पुगेको छ ।
अमेरिकापछि सबैभन्दा बढी संक्रमण देखिएको ब्राजिलमा बुधबार बिहान यो समाचार तयार पार्दासम्म १७ लाख २१ हजार ५६० जना संक्रमणमुक्त भएका छन् भने ६ लाख ७४ हजार ४५५ जनाको उपचार भइरहेको छ ।