ब्राजिलमा एकै दिन २३ हजारभन्दा बढीमा संक्रमण

काठमाडौं । करिव ७ महिनादेखि फैलिएको कोरोना भाइरसको संक्रमणले ब्राजिलमा एकै दिन २३ हजार ५७९ संक्रमित भएका छन्।योसँगै ब्राजिलमा संक्रमितको संख्या २४ लाख ४३ हजार ४८० पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा थप ६२७ जनाको मृत्यु भएको छ । योसँगै ब्राजिलमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या ८७ हजार ६७९ पुगेको हो ।

अमेरिकापछि सबैभन्दा बढी संक्रमण देखिएको ब्राजिलमा मंगलबार बिहान यो समाचार तयार पार्दासम्म १६ लाख ६७ हजार ६६७ जना संक्रमणमुक्त भएका छन् भने ६ लाख ८८ हजार १३४ जनाको उपचार भइरहेको छ ।

 
 
  
 

You may also like