गुल्मीमा हप्ताको ३ दिन बैंक तथा बित्तीय संस्था खुल्ने

हरि पाठक

गुल्मी।गुल्मीमा लकडाउनको अवधिमा सातामा तीन दिन मात्रै बैंक तथा बित्तिय संस्थाहरू खुल्ने भएको छ।

जिल्लामा सञ्चालित रहेका विभिन्न बैंक तथा बित्तीय संस्था,सहकारी र बिमा कम्पनीहरू साताको तीन दिन आइतबार, मंगलबार र बिहीबार बैंक खुल्ने भएको हो। जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माका अनुसार यसअघि गएको १० गते बसेको बैठकले हप्ताको २ दिन आइतबार र बुधबार मात्र बैंक खुलाउने निर्णय गरेको थियो तर दुई दिन मात्र खुलाउदा बैंकमा सेवाग्राहीको अत्याधिक चाँप बढेको र थप सहजताको लागि हप्ताको तीन दिन खुलाउने निर्णय गरिएको जिल्ला अधिकारी शर्माद्वारा हस्ताक्षर गरेको सूचनामा उल्लेख छ।

बैंक तथा बित्तीय संस्थाहरू बिहान १० देखि दिउँसो १ बजेसम्म खोल्ने निर्णय भएको छ।बिश्वभर कोरोनाको संक्रमण र सन्त्रास फैलिरहेको समयमा देशका धेरै ठाउँमा संक्रमित बढ्दै गएको र गुल्मीमा पनि एक जनाको ज्यान गईसकेको तथा संक्रमितको संख्या अझै बढ्न सक्ने जनाउदै बैङ्किङ क्षेत्रमा पनि भिडभाड बढ्ने भएकाले त्यसलाई मध्येनजर गर्दै जिल्ला प्रशासनले यस्तो निर्णय गरेको हो।बैंक खोल्दा अनिवार्य रुपमा सामाजिक दूरी कायम गर्दै, मास्क र स्यानेटाइजरको प्रयोग गरी स्वास्थ्य क्षेत्रमा आबश्यक सुरक्षा, सतर्कता अपनाई कोरोना भाइरस महामारीको संक्रमण तथा उच्च जोखिमलाई मध्येनजर गरि सञ्चालन तथा सेवा लिन सम्पूर्ण सेवाग्राही तथा संबन्धित सरोकारवालाहरूमा आग्रह गरेको छ। जिल्लामा सञ्चालित बैक तथा बित्तिय संस्था,सहकारी र बिमा कम्पनीहरू यही जेठ १८ गते आइतबारदेखि लागुहुने गरि अबदेखि हप्ताको ३ दिन खुल्ने भएको हो। सेवाग्राहीको चाँपलाई ध्यानमा राख्दै जिल्ला प्रशासनको शुक्रबार मात्रै पुन: यो अर्को निर्णय भएको हो।

 
 
  
 

You may also like