भारतमा २४ घण्टायता अहिलेसम्मकै सबैभन्दा बढी संक्रमित

भारतमा एकै दिनमा २०४ वटा मजदुर विशेष रेल सञ्चालन

नयाँदिल्ली । भारतमा कोरोना भाइरसबाट गएको २४ घण्टायता अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित भेटिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

भारतीय सञ्चारकाअनुसार पछिल्लो २४ घण्टामा ५ हजार ६११ जना संक्रमित भेटिएका हुन् । भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएअनुसार यो सहित भारतमा कोरोना संक्रमितको कूल संख्या एक लाख ६ हजार ७५० पुगेको छ ।

त्यसैगरी भारतमा विगत २४ घण्टामा १४० जनाको मृत्यु भएको छ । यहाँ कोरोना भाइरसबाट अहिलेसम्म ३ हजार ३०३ जनाको मृत्यु भएको पनि अधिकारीहरुले जनाएका छन् ।

यहाँ कोरोना भाइरसबाट संक्रमित कूल व्यक्तिमध्ये ४२ हजार २९८ जना अस्पतालहरुबाट डिस्चार्ज भइसकेका छन् भने ६१ हजार १४९ जना उपचारका क्रममा रहेका छन् ।

भारतमा एकै दिनमा २०४ वटा मजदुर विदेश रेल सञ्चालन
भारतको रेल सेवाले एकै दिनमा २०४ वटा मजदुर विशेष रेल सञ्चालन गरिएको जनाएको छ । रेल मार्ग मन्त्री प्युष गोयलले मंंगलबार यतिधेरै मजदुर विषेश रेल सञ्जालन गरिएको बुधबार जानकारी दिएका हुन् ।

उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत् प्रतिदिन झण्डै दुई सय श्रमिक रेल सञ्चालन गराउने आफ्नो प्रतिवद्धताअनुसार उनीहरुलाई सञ्चालनमा ल्याइएको स्पष्ट पारेका छन् । लकडाउनका कारण विभिन्न प्रदेशका अलपत्र परेका मजदुरहरुलाई जान चाहेको ठाउँमा लैजाने गरी यस्ता विषेश रेल सेवा सञ्चालन गरिएको उनको भनाई छ ।

‘हामीले अघिल्लो दिन झण्डै दुई सय रेल सञ्चालन गर्न सक्दछौं भन्ने प्रतिबद्धता गरेका थियौं, त्यही अनुसार मंगलबार दुई सयभन्दा बढी रेल सञ्चालन गरिएको छ’, उनले लेखेका छन् । विशेष रेल सेवा सञ्चालन भएदेखि अहिलेसम्म एक हजार ७७३ वटा विशेष रेल सेवा सञ्चालन भइसकेको उनले जानकारी दिए ।

आगामी दिनमा मंगलबारभन्दा धेरै रेल सेवाहरु सञ्चालन गर्ने योजना रहेको पनि बताएका छन् । त्यसका लागि चाडै नै अनलाईनबाट टिकट बुकिङ गर्ने व्यवस्था हुने पनि उनले उल्लेख गरेका छन् । रासस–एएनआई

 

 
 
  
 

You may also like