बिहीबार बस्ने भनिएको नेकपा स्थायी कमिटी बैठक स्थगित

काठमाडौंं।सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को बिहीबार बस्ने भनेर तय भएको स्थायी कमिटी बैठक स्थगित भएको छ । पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड) बिहीबारको बैठक स्थगित गर्न सहमत भएका हुन् ।यसअघि वैशाख २० गते (शनिबार) बसेको पार्टी सचिवालय बैठकले २५ गते (बिहीबार) स्थायी कमिटी बैठक बोलाउने निर्णय गरेको थियो ।

जसअनुसार स्थायी कमिटी बैठकका एजेन्डा तय गर्न भनेर बुधबार अपराह्न सचिवालय बैठक समेत बसेको थियो । तर, सचिवालय बैठकको बीचमै प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओली उठेर हिँडेपछि बैठक बिना निष्कर्ष सकिएको थियो ।

बुधबारको सचिवालय बैठकले पार्टीको स्थायी कमिटी बैठक र बैठकका कार्यसूचीका सम्बन्धमा निर्णय गर्ने जिम्मा २ अध्यक्षलाई दिएको थियो ।

सचिवालय बैठक सकिएपछि २ अध्यक्ष ओली र प्रचण्डबीच छलफल शुरु भएको थियो ।
अध्यक्षद्वयको छलफलमा नै बिहीबारदेखि शुरु हुने स्थायी कमिटी बैठक स्थगित गर्ने सहमति भएको हो । बैठकको अर्को मिति भने तय भइसकेको छैन ।

 
 
  
 

You may also like