सामाजिक दुरी पालना नगरेपछि बेलायत सरकारका सल्लाहकारले दिए राजीनामा

by समतल अनलाइन
177Shares

एजेन्सी। बेलायतमा लकडाउन लागु गर्न सिफारिस गर्ने प्रोफेसर नील फर्ग्युसन स्वयंले सामाजिक दुरी उल्लंघन गरेपछि पदबाट राजीनामा दिएका छन् । उनी काेरोनाको विषयमा बेलायती सरकारका प्रमुख सल्लाहकार हुन् ।

राजीनामा घोषणा गर्दै प्रोफेसर फर्ग्युसनले भनेका छन्, ‘आफूले गलत गरेको म स्वीकार्छु । त्यसैले मैले पद त्याग गरेको छु । कोरोना महामारीलाई नियन्त्रण गर्न सामाजिक दुरी आवश्यक रहेको स्पष्ट सन्देश दिइएको छ, तर मैले त्यसलाई बेवास्ता गरें । यसबाट मलाई अपसोस छ ।’

बीबीसीका अनुसार प्राेफेसर फर्ग्युसनले एक महिलालाई आफ्नाे नजिक आउन दिएका थिए र त्याे सामाजिक प्रतिबन्धसम्बन्धी नियमकाे उल्लङ्घन थियाे ।

प्राेफेसर फर्ग्युसन सेन्टर फर ग्लाेबल इन्फेक्शन डिजिज एनालिसिसका निर्देशक हुन् । याे संस्थाले सरकार र विश्व स्वास्थ्य सङ्गठनलाई आफ्रिकामा इबाेलादेखि लिएर अहिले महामारीकाे रुप लिइरहेकाे काेराेनासम्मकाे विषयमा सल्लाह दिन्छ । यही संस्थाले गएकाे जनवरीमा विश्वलाई काेराेनाकाे खतरासँग सचेत गराएकाे थियाे ।

चिनियाँ अधिकारीहरुले वुहान केवल केही दर्जन व्यक्ति काेराेनाबाट सङ्क्रमित भएकाे बताइरहेकाे बेला याे संस्थाले कम्तीमा सयाैँ व्यक्ति सङ्क्रमित भइसकेकाे बताएकाे थियाे ।

त्यतिबेलै प्रोफेसर फर्ग्युसनको टिमको अनुसन्धान रिपोर्टमा तत्काल कुनै कदम नचालिएमा बेलायतमा कोरोनाबाट करिब पाँच लाख जनाको ज्यान जाने निष्कर्ष निकालिएको थियो । उनैको सल्लाहअनुसार बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले २३ मार्चदेखि देशभर लकडाउन घोषणा गरेका थिए । त्यतिबेलादेखि नै नील फर्ग्युसन बेलायतमा ‘प्रोफेसर लकडाउन’को नामले चिनिन्छन् ।

लकडाउन उल्लंघन गरेपछि पद त्याग गर्ने फर्ग्युसन पहिलो विशेषज्ञ भने होइनन् । ६ अप्रिलमा स्कटल्याण्डको मुख्य मेडिकल अफिसर डाक्टर क्याथरिन क्यालडरवुड दुई पटकसम्म आफ्नो दोस्रो घर गएको सामाचार सावर्जनिक भएपछि उनले पनि पदबाट राजीनामा दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

Comments

You may also like

This will close in 0 seconds