दुई हप्ता ‘लकडाउन’ थप्ने भारतकाे तयारी

by समतल अनलाइन
Shares

भारत। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोनाभाइरसको सङ्क्रमण भारत विभिन्न राज्यमा फैलिने क्रममा कमी नआएपछि दुई हप्ताका लागि लकडाउनकाे अवधि थप्ने तयारी गरेका छन् ।

प्रधानमन्त्रीले राज्य सरकारका मन्त्रीहरूसँग भिडियो सम्मेलनमार्फत शनिबार वार्ता गरेपछि ती राज्यका मुख्यमन्त्रीहरूले लकडाउन अवधि थप गर्नुपर्ने राय दिएका भारतका अधिकारीहरुले बताएका छन् ।

Dish_Home
सम्मेलनमा प्रधानमन्त्रीले लकडाउन बढाउनु पर्ने वा नपर्ने भन्नेबारेमा कुराकानी गरेका थिए । सरकारले तत्काल घोषणा नगरेको तर अधिकारीहरूले प्रधानमन्त्री मोदीले आइतवारसम्म नयाँ घोषणा गर्नसक्ने बताएका छन् ।

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले प्रधानमन्त्रीसँगको कुरापछि ट्वीटरमा भने, “प्रधानमन्त्रीले बन्दाबन्दी थप गर्ने सम्बन्धमा हामीसँग परामर्श गर्नुभएको छ । आज धेरै विकसित देशहरू भन्दा भारतको अवस्था राम्रो छ किनकि हामीले बन्दाबन्दीको घोषणा समयमै गरेका थियौँ । यदि यो अहिले रोकियो भने अहिलेसम्म हाँसिल गरेका सबै उपलब्धि प्रभावहीन हुनेछन् ।”

भारतले तीन हप्ताका लागि गरेको लकडाउनको अवधि आगामी मंगलबारबाट सकिनेछ । तर कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु हुनेकाे सङ्ख्या बढ्दो क्रममा देखिएपछि भारतका २९ राज्य र क्षेत्रका धेरै मुख्यमन्त्रीहरूले सम्पूर्ण एक अर्ब ३० करोड जनसङ्ख्याका लागि थप केही हप्ता घरभित्र नै रहने निर्देशन ‘लकडाउन’ गर्न सुझाब दिएका थिए ।

दुई राज्य ओडिशा र पञ्जाबले पहिले नै थप करिब दुई हप्ता तालाबन्दी गर्ने तयारी गरेको अधिकारीहरूले बताएका छन् । आलोचकहरूले सङ्क्रमणलाई नियन्त्रणमा राख्न देशव्यापी बन्दाबन्दीको आवश्यक भएको बताएका छन् ।

भारतमा अहिलेसम्म करीव सात हजार ५०० व्यक्तिमा सङ्क्रमण पुष्टि भएको र २४० जनाको कोरोनाभाइरस सङ्क्रमणका कारण मृत्यु भएको रिपोर्ट गरेका छन् । सरकारले कुनै पनि समुदायमा महामारीका रूपमा सङ्क्रमण नफैलिएको बताएको छ ।

गत तीन हप्तामा लाखौं मानिसहरूको रोजगारी गुमेको छ लकडाउनका कारण कतिपय क्षेत्रमा श्रमिकहरू पैदल हिँडेर लामो दूरीको यात्रा गर्दै आफ्नो गाउँतिर गइरहेका भारतीय सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमार्फत भिडियोहरू सार्वजनिक भएका छन् ।

You may also like

This will close in 0 seconds