कोरोनाको औषधि खोजीमा विश्वभर तीनसय बढी अनुसन्धान, चीन पहिलो स्थानमा

एजेन्सी । कोरोना भाईरस निको पार्ने औषधीको खोजी अहिले विश्वरका मुलुकहरुको मुख्य चासो बनेको छ । विश्वभर औषधीको खोजीका लागि जारी रहेका अनुशन्धान र क्लिनिकल परीक्षणहरुमा चीनमा मात्रै ६० वटा खोज अनुशन्धानहरु जारी छन । यो तथ्यांंक अनुसार चीन विश्वमै अग्रस्थानमा रहेको छ ।

ब्रिटेनको एक कम्पनी फिन बोल्ट डट कमले गरेको सर्भे अनुसार विश्वका ३९ मुलुकले कोरोना निको पार्ने औषधी बारे अनुशन्धान र परीक्षण गरिरहेका छन । जसअनुसार अहिलेसम्म अनुशन्धान र परीक्षणको संख्या तीनसय भन्दा बढी पुगेको छ । ति मध्ये चीन एक्लैले ६० वटा अनुशन्धान र परीक्षण गरिरहेको छ भने दोस्रो स्थानमा अमेरिकाले ४९ वटा अनुशन्धान र परीक्षण गरिरहेको छ ।

फिन बोल्ट डट कमको कोरोना भाईरस रिसर्च इन्डेक्समा उल्लेख गरिए अनुसार चीन र अमेरिकाले खोज अनुशन्धानका लागि सबै शक्ति प्रयोग गरिरहेको भन्दै प्रशंसा पनि गरिएको छ । फिन बोल्ट डट कमका सह संस्थापक ईडास केबका अनुसार कोरोना प्रभावित मुलुकहरु मध्ये दोस्रो स्थानमा देखिएको स्पेन अध्ययन र अनुशन्धानको काममा धेरै पछाडी परेको छ ।

यसरी गरिएको सर्भेको औचित्य बारे फिन बोल्ट डट कममा सह संस्थापक केबले भने, ‘विश्वभर कोरोना भाईरसको महामारी जुन गतिमा अघि बढिरहेको छ, त्यहि गतिमा औषधीको खोजी भैरहेको छ कि छैन ? भन्ने प्रश्नको उत्तर खोज्नका लागि हामीले यो यो सर्भे गरेका हौं ।’

यो सर्भेको रिपोर्ट प्रकाशित भएलगत्तै महाशक्ति राष्ट्र अमेरिका र कोरोनाको जननी मुलुक चीनबीच कोरोना निको पार्ने औषधी पत्ता लगाउने होड नै चलेको केबको तर्क छ । उनका अनुसार चीन र अमेरिकाबीचको यो प्रतिस्पर्धा सिंगो विश्वका लागि लाभदायक पनि छ ।

 
 
  
 

You may also like