नेपालकै पहिलो कमेडी च्याम्पियन बने हिमेश पन्त

काठमाडौं। रियालिटी शो ‘कमेडी च्याम्पियन’को पहिलो संस्करणको उपाधि धादिङका हिमेश पन्तले जितेका छन् ।

शनिबार भएको ग्रान्ड फिनालेमा भोटिङका आधारमा हिमेशले पहिलो संस्करणको उपाधि हात पारेका हुन् । उत्कृष्ट घोषित पन्तले २५ लाख रुपैयाँ नगद र एउटा कार पाएका छन् ।

च्यासलस्थित ‘कमेडी च्याम्पियन’काे स्टुडियोमा भएको ग्रान्ड फिनालेमा उनले सुमन कोइराला र खड्गबहादुर पुनलाई पाखा लगाउँदै उपाधी हात पारेका हुन् ।

विभिन्न चरण हुँदै सुमन कोइराला, खड्गबहादुर पुन मगर र हिमेश पन्त फाइनलका पुगेका थिए ।

विशाल भण्डारीले निर्देशन र निर्माण गरेको ‘कमेडी च्याम्पियन’को निर्णायक मण्डलमा सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई र ऋचा शर्मा थिए ।

 
 
  
 

You may also like