भारतमा कोरोना बाट दोस्रो व्यक्तिको मृत्यु

काठमाडौ । कोराना भाइरसका कारण भारतमा थप एक व्यक्तिको मृत्यु भएको छ । राजधानी दिल्लीको पश्चिमी क्षेत्रमा बसोबास गर्ने ६८ बर्षीया एक महिलाको कोरोनाको कारण मृत्यु भएको भारतको स्वास्थ्य मन्त्रालय र दिल्ली सरकारले पुष्टि गरेका छन् । ती महिलाको गएराति मृत्यु भएको हो ।

कोरोना भाइरसको संक्रमण भएपछि अस्पतालमा उपचारत महिलालाई डायबिटिज र हाइपर टेन्सनको समस्या रहेको राम मनोहर लोहिया अस्पतालले जनाएको छ ।

अस्पतालका अनुसार ती महिलाको छोराले गत ६ फरवरीदेखि २२ फरवरीसम्म विदेशको भ्रमण गरेका थिए । २३ फरवरीमा उनी स्वीरजल्याण्ड र इटलीहुंदै भारत फर्केका थिए ।

कोरोना भाइरको संक्रमणबाट भारतमा अहिलेसम्म दुई जनाको मृत्यु भएको छ भने ८२ जना संक्रमित भएका छन् ।

 
 
  
 

You may also like