कञ्चनमा निशुल्क स्वास्थ्य शिबिर ८५ जनामा मोतिया बिन्दु र १ जनामा मेकोलर होल फेला

कञ्चन । कञ्चन गाउपालिका वार्ड नं. ५,पिपरीचापामा निशुल्क स्वास्थ्य शिबिर संचालन गरेको छ । स्थानिय एकता युवा क्लवको आयोजना लुम्बिनी नेत्र बिज्ञान अध्ययन संस्थान तथा सिर्च सेन्टर,लायन्स क्लव अफ बुटवल,बुटवल लायन्स आखा अस्पताल,आखा उपचार केन्द्र सालझण्डीको प्राबिधिक सहयोगमा संचालन गरिएको एक दिने आखा शिबिरमा ८५ जना मोतिया बिन्दु र १ जना आखामा मेकोलर होल समस्या भएको पाइएको छ ।

१ हजार ११ जनाले आखाको जांच गराएका सेवाग्राहीहरु मध्ये ८५ जनाको आखामा मेतिया बिन्दु फेला परेको छ भने १ जनाको आखामा जटिल समस्या भएको र निजलाई भरतपुर आखा अस्पतालमा रिफर गरिएको डा. मदन बास्तोलाले जानकारी दिनु भएको छ । कञ्चन ५ निवासी थमकला काउचाको आखामा मेकोलर होल देखिएको उक्त मेकोलरलाई सघन शल्यक्रिया गर्नु पर्ने भएकोले काउचालाई भरतपुर आखा अस्पतालमा निशुल्क शल्यक्रियाका लागि रिफर गरिएको डा. बास्तोलाले बताउनु भएको छ ।

उक्त आखा शिबिरमा ८५ जनालाई मोतिया बिन्दु देखिएकोले लुम्बिनी नेत्र बिज्ञान अध्ययन संस्थान तथा सिर्च सेन्टर,लायन्स क्लव अफ बुटवल,बुटवल लायन्स आखा अस्पतालको सहयोगमा बुधबार र बिहिबार गरी २ दिन सामान्य शल्यक्रियाका लागि रिफर गरिएको एकता युवा क्लवका सचिव कुल बहादुर थापाले बताउनु भएको छ।

खेलकुदको माध्यमबाट समाजमा ब्याप्त बिकृति र बिसंगति बिरुद्ध युवाहरुलाई प्रोत्साहित गर्ने उद्धेश्यका साथ बि.सं. २०६९ सालमा स्थापित एकता युवा क्लवले बिभिन्न समयमा सचेतना मुलक कार्यक्रमहरु संचालन गर्दै आएको छ ।ग्रामिण क्षेत्रका जेष्ठ नागरिक,असाहय असक्त तथा आर्थिक श्रोत नभएका स्थानियहरुलाई घरआगनमै सेवा उपलब्ध गराउन एक दिनको भएपनि निशुल्क रुपमा आखा शिबिर संचालन गरिएको एकता युवा क्लवका अध्यक्ष कुमार थापाले बताउनु भएको छ ।

 

आफ्नै घरआगनमा आखा जांच गराउन पाउदा आफुहरु निकै हर्सित भएको स्थानियहरुले बचाएका छन ।गाउमा स्वास्थ्य सेवा उपलब्ध गराउने एकता युवा क्लव र लुम्बिनी नेत्र बिज्ञान अध्ययन संस्थान तथा सिर्च सेन्टर,लायन्स क्लव अफ बुटवल,बुटवल लायन्स आखा अस्पताललाई कञ्चन गाउपालिकाका अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीलेधन्यबाद ब्यक्त गर्नु भएको थियो ।

 
 
  
 

You may also like