६५ वर्ष पुगेपछि टोपबहादुर रायमाझी जेलमुक्त हुँदै, कात्तिक २६ मा छुट्ने

by समतल अनलाइन
61Shares

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भई जेल सजाय भुक्तान गरिरहेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी कात्तिक २६ गते जेलमुक्त हुने भएका छन् ।

६५ वर्ष उमेर पूरा भएपछि ज्येष्ठ नागरिकले पाउने कैद छुटको सुविधा अनुसार उनी रिहा हुन लागेका हुन् ।

काठमाडौं जिल्ला अदालतले रायमाझीलाई कैदमुक्त गर्न कारागार कार्यालय डिल्लीबजारलाई संशोधित कैदीपुर्जी पठाएको छ । डिल्लीबजार कारागारका जेलर बाबुराम अर्यालले अदालतबाट संशोधित कैदीपुर्जी प्राप्त भएको पुष्टि गरेका छन् ।

रायमाझीले ज्येष्ठ नागरिकसम्बन्धी कानुनी व्यवस्थाअनुसार कैद छुटको सुविधा माग गर्दै अदालतमा निवेदन दिएका थिए । उनी कात्तिक २५ गते ६५ वर्ष पूरा हुँदैछन् ।

कानुनी व्यवस्थाअनुसार ६५ वर्ष उमेर पूरा गरेका ज्येष्ठ नागरिकले तोकिएको कैद सजायमा २५ प्रतिशत छुट पाउने व्यवस्था छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका रायमाझीलाई काठमाडौं जिल्ला अदालतले २०८३ असार ३० गते चार वर्ष कैद सजाय सुनाएको थियो । उनी २०८० वैशाख २० गते पक्राउ परेका थिए ।

You may also like

This will close in 0 seconds