बिकासको अग्रपंक्तिमा रतनपुर टोलबिकास सस्था

by समतल अनलाइन
213Shares

ईश्वर पौडेल
बुटवल । अन्य बिकासका काम सङ सङै रतनपुर टोलबिकास सस्थाले सडक कालो पत्रेको काम पनि सुरु गरेको छ । सनिबार वडा नं.२ हाल बु.उ.म.नगरपालिका वार्ड न. १५ महदैया चोक देखि पश्चिम्को बाटाे शिलान्यास गर्दै सडक कालोपत्रे सुरु गरिको हो ।

रतनपुर टोलबिकास सस्थाका अध्यक्ष फणि राज उपाध्याय तथा बाटाे बिस्तार समितिका अध्यक्ष साथै टोल बिकास सस्थाका सचिब कुल प्रसाद लम्सालको बिषेश पहलबाट बु.उ.म.नगरपालिकाको वार्ड न. १५ महदैया चोक देखि २१८ मि. लम्बाई र ७ मि. चौडाई सडक कालो पत्रे गरिन लागेको हो । शिलन्यास कार्यक्रममा बोल्दै टोल बिकास सस्थाका अध्यक्ष फणि राज उपाध्यायले यो बाटाे सबै भन्दा नमुना बाटाे बन्ने बताउनु भएको छ ।

सनिबार शिलान्यास गरिएको बाटो कालोपत्रेको ठेक्का पटेल कन्स्ट्रक्सन प्रा.लि ले पाएको छ । पटेल कन्स्ट्रक्सन प्रा.लि का सञ्चालक अमेरिका पटेलले निर्धारित समयसिमा अगाबै बाटो कालो पत्रे गरिसक्ने दाबी गर्नु भएको छ । बाटो निर्माण गर्दा गुणस्तीय काम हून्न की भन्ने आशंका नगर्न सबैलाई आग्रह गर्नु भएको छ । समयमै गुणस्तीय कालोपत्रे सहितको बाटो समुदायलाई हस्तारण गर्ने सञ्चालक ले प्रतिबद्धता ब्यक्त गर्नु भयो ।

You may also like