गुल्मी सत्यवती ६ को जोहाङ्ग प्राथमिक स्वास्थ्य केन्द्रमा निशुल्क स्वास्थ्य शिविर सुरु

by समतल अनलाइन

सुरेश थापा
गुल्मी। गुल्मीको सत्यवती गाउँपालिका ६ को जोहाङ्ग प्राथमिक स्वास्थ्य केन्द्रमा आजदेखी निशुल्क स्वास्थ्य शिविर सुरु भएको छ ।लायन्स क्लव अफ काठमाण्डौ गुल्मीको आयोजना साथै सत्यवती गाउँपालिका गुल्मी तथा अन्य सहयोगी क्लव एवं संघसंस्थाको सहयोगमा निशुल्क स्वास्थ्य परिक्षण, शल्यक्रिया एवं औषधी वितरण कार्यक्रमको आयोजना गरिएको हो ।

लायन्स क्लव अफ काठमाण्डौ गुल्मीका अध्यक्ष विष्णु प्रसाद शर्मा पाण्डेको अध्यक्षता , सत्यवती गाउँपालिकाका अध्यक्ष पारिश्वर ढकालको प्रमुख आथित्यता, क्लवका पूर्व अध्यक्ष भिमलाल पौड्याल को बिशिष्ट आथित्यता रहेको थियो ।सत्यवती गाउँपालिका उपाध्यक्ष शुवर्ण शाहि शेर्चन, प्रमुख प्रशासकिय अधिकृत यादव भण्डारी, वडा नं. ६ का वडा अध्यक्ष विष्णु प्रसाद भण्डारी, वडा नं. ५ का वडा अध्यक्ष ओम प्रकाश भण्डारी, वडा नं. १ का वडा अध्यक्ष भिमलाल पाण्डे, इलाका प्रहरी कार्यालय जोहाङ्गका प्रमुख सुग्रीव बैदवार,स्वास्थ्य विभागका जनस्वास्थ्य अधिकृत बसन्त कुमार श्रेष्ठ, लिलामणि खरेल,खुमानन्द गौतम,एफ आर पाण्डे, कृष्ण प्रसाद ज्ञवाली, रामहरी ज्ञवाली, नेत्र ज्ञवाली, भावना गौतम, कुमार आचार्य, दुर्गा पाण्डे स्वास्थ्य शिविर कार्यक्रम संयोजक साथै लायन्स क्लवका उपाध्यक्ष धु्रव हरी ज्ञवाली, खडानन्द भट्टराई, सुमित्रा न्यौपाने, टिकाजित बुढाथोकि लगायतको आतिथ्यता रहेको थियो ।

आज २५२ जनाले स्वास्थ्य परिक्षण गराएका छन । जसमध्ये महिला १६८ र पुरुष ८४ जना रहेका छन । चेकजाँच गराएका मध्ये ११ जना को अप्रेसन गर्नुपर्ने भेटिएको छ । डा प्रेमराज ज्ञवालीको नेतृत्वमा बिरामीको स्वास्थ्य जाँच गरिएको छ ।गुल्मी चेम्वर अफ कमर्शका अध्यक्ष साथै लायन्स क्लवका सिनियर ए.ओ.जी. युवराज न्यौपानेले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सन्चालन राम प्रसाद खनाल ले गर्नुभएको थियो । शिविर भोलि पनि चल्ने छ ।

 
 
  
 

You may also like