बिभेद रहित समाजमा लागि साझा प्रतिवद्धता

by समतल अनलाइन

सैनामैना ।लैङ्गिक हिसां तथा बालविवाह अन्यत्यका लागि साझा प्रतिवद्धता आवश्यक रहेको सैनामैना नगरपालिकाका सरोकारवालाहरुले बताएका छन् ।


लैङ्गिक हिसां तथा बालविवाहले ब्यक्ति, परिवार र समाजको विकासमा बाधापुर्याउने भएकोले यसको अन्त्यका लागि ब्यवहारिक रुपले कार्यन्वयन गर्नु पर्ने उनिहरुको भनाई थियो ।
सैनामैना नगरपालिकाको आयोजना तथा सिर्जनसिल संस्था नेपलाको प्राविधिक सहयोगमा भएको कार्यक्रममा उक्त कुरा सहभगीहरुले बताएका हुन् ।
लैङ्गिक हिसां तथा बालविवाह अन्त्यका लागि नगरपालिकाले बिभिन्न सचेतना मुलक कार्यक्रम गरी रहेको को सैनामैना नगरपालिकाका नगर प्रमुख चित्र बहादुर कार्कीले बताउनु भयो । लैङ्गिक हिसां तथा बालविवाहले ब्यक्तिको शरिरिक, मानसिक, परिवारिक, तथा समाजिक रुपले विकासका कार्यमा बाधा पुर्याउने भएकोले यसको अन्त्यका लागि ठोस कदम चलाईने उहाँको भनाई थियो ।
लैङ्गिक हिसां तथा बालविवाह मुक्त नगर बनाउन जनप्रतिनिधि, राजनितिक दाल, विभिन्न संघसंस्था, कर्मचारी पत्रकार, सुरक्षकर्मी लगायत सवै नगरवासिको साथ सहयोग आवश्यक रहेको सैनामैना नगरपालिका उपप्रमुख विना रानाले बताउनु भयो ।
लैङ्गिक हिसां तथा बालविवाह मुक्ता नगर बनाउन जन प्रतिनिधिहरुलाई कर्मचारीकहरुको तर्फबाट सहयोग रहने सैनामैना नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले बताउनु भयो ।

लैङ्गिक हिसां तथा बालविवाह आफैंमा एउटा सामाजिक कुसंस्कार भएकोले यसको न्यूनीकरण, रोकथाम तथा अन्त्य गर्ने जिम्मेवारी हामी सबैको भएको ने.क.पा. सैनामैना नगर संयोजक चेतनारायण न्यौपानेले बताउनु भयो ।


गरिबी, अशिक्षा, चेतनाको कमी, सामाजिक सञ्जालहरुको दुरुपयोग, देखासिकी प्रवृत्ति, बढ्दो आधुनिकीकरण जस्ता कारणले बालविवाह बढेको सिर्जनसिल संस्था नेपालकाकी अध्यक्ष प्रतिमा शर्माले बताउनु भयो । लैङ्गिक हिसां तथा बालविवाह सम्बन्धी कानूनी व्यवस्था र बालविबाहले पार्ने असर लगायतको बारेमा सचेतना फैलाउन आवश्यक रहेको ईलाका प्रहरी कार्यलाय मुर्गियाका प्रहरी निरिक्षक मनोज श्रेष्ठले बताउनु भयो । सैनामैनाको वडा नं. ६,७ र ८ मा केही सचेतना कार्यक्रम गर्नु् पर्ने आवश्यकता रहेको उहाँले जनकारी दिनु भयो ।

प्रशिक्षण कार्यक्रममा सैनामैना नगरपालिकाका वडा अध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य, जनप्रतिनिधि, विभिन्न राजनितिक दलका प्रतिनिधि, नगरपालिकाका कर्मचारी, विभिन्न संघसंस्थाका प्रतिनिधि, शुरक्षाकर्मी, पत्रकार, बालक्लवका प्रतिनिधि लगाएतको उपास्थिती रहेको थियो ।

कार्यक्रम सैनामैना नगरपालिकाको आयोजना तथा सृजनसिल सस्था नेपालको प्राविधिक सहयोगमा भएको थियो ।
प्रशिक्षण कार्यक्रममा बालविवाह, यसका प्रमुख कारणहरु, बालविवाहबाट हुने विभिन्न खालका असर, यससम्बन्धी कानूनी व्यवस्था, बालविवाहका कारण हुने अपराध लगायतका विषयमा प्रशिक्षण दिइएको थियो ।

 
 
  
 

You may also like