तेकवान्दोमा प्रदेश ५ लाई ६ स्वर्ण

by समतल अनलाइन

बुटवल । काभ्रेमा संचालित ११ औ जुनियर तेक्वान्दो राष्ट्रिय प्रतियोगितामा प्रदेश ५ ले ८ पदक जितेको छ । प्रदेश ५ ले प्रतियोगितामा ६ स्वर्णसहित १ रजत र १ कास्य पदक प्राप्त गरेको हो ।

काभ्रे आई. टि.एझ. तेक्वान्दो संघको आयोजनामा सम्पन्न भएको उक्त प्रतियोगितामा प्रदेश नं ५ को प्रतिनिधित्व गर्दै रुपन्देही जिल्ला आई. टि. एफले सहभागिता जनाएको थियो ।

पुरुष एकल स्पायरिङ्गतर्फ २५–३० के.जी. तौल समुहमा सुविन ढकालले १ स्वर्ण, ३०–३५ के.जी. तौल समुहमा मन्जिल चौधरीले १ स्वर्ण, ५०–५५ के.जी. तौल समुहमा राहुल थापाले १ कास्य र पुरुष एकल प्याट्रनतर्फ पहेंलो पेटीमा मोहन गाहाले १ स्वर्ण, निलो पेटीमा राज थापाले १ रजत पदक हासिल गरेका छन्् ।

त्यस्तै महिला एकल स्पायरिङ्गतर्फ ३०–३५ के.जी. तौल समुहमा श्रिया थापाले १ स्वर्ण, ३५–४० के.जी. तौल समुहमा सुशिला थापाले १ स्वर्ण पदक र महिला एकल प्याट्रनतर्फ पहेंलो पेटीमा श्रीया थापाले १ स्वर्ण पदक जितेकी थिइन् भने पुरुषको समुह प्याट्रनतर्फ नविन राना, राहुल थापा, राज थापा, मन्जिल चौधरी र मोहन गाहाले रजत पदक हासिल गर्न सफल भएको छ ।

 
 
  
 

You may also like