216
			
		
		
			
            
				            
			
			        
    फेसबुक युरोपमा थप कर तिर्न तयार भएको छ। फेसबुकका संस्थापक मार्क जुगरबर्गले आफूहरु युरोपमा थप कर तिर्दा खुसी हुने बताएका छन्।
फेसबुक प्रयोग हुने देशहरुमा फेसबुकले राम्रोसँग कर नतिरेको आरोपकाबीच फेसबुक युरोपमा थप कर तिर्न राजी भएको हो।
सन् २०१८ मा फेसबुकले बेलायतबाट मात्र विज्ञापन लगायत विभिन्न माध्यममार्फत् १.६५ अर्ब पाउन्ड कमायो। उसले कर भने २८.५ मिलियन पाउन्ड मात्र तिर्यो।
त्यसबेला बेलायतमा सांसद मार्गरेट होजले फेसबुकले बेलायतलाई निकै न्युन कर तिरेको भन्दै आवाज उठाएका थिए।
यसबीचमा थप बढाइने कर जति पनि तिर्न आफू राजी भएको जुकरबर्गले बताएका हुन्।
बेलायतले आगामी अप्रिल महिनामा नयाँ प्रावधान ल्याउँदैछ। जसअन्तर्गत उसले प्रविधि तथा सामाजिक सन्जालबाट हरेकवर्ष ५ सय मिलियन पाउन्ड कर उठाउने छ। बीबीसी
			        

												
														

