मोबाइल एपबाटै प्रहरीमा उजुरी दर्ता गर्न सकिने, नेपाल प्रहरीले सुरु गर्‍यो डिजिटल सेवा

by समतल अनलाइन
30Shares

काठमाडौँ । अब कुनै पनि घटना वा अपराधको उजुरी दिन प्रहरी कार्यालयसम्म धाउनु नपर्ने भएको छ । नेपाल प्रहरीले आफ्नो मोबाइल एपमार्फत घरैमा बसेर उजुरी दिन सकिने सुविधा सुरु गरेसँगै नागरिकलाई ठूलो सहजता हुने भएको छ ।

मंगलबार केन्द्रीय प्रहरी कार्यालयमा आयोजित कार्यक्रममा ‘नागरिक सहायता तथा गुनासो व्यवस्थापन’ सेवा सुरु गर्दै दानबहादुर कार्की ले डिजिटल प्रविधिको प्रयोगमार्फत नागरिकलाई छिटो, सरल र प्रभावकारी सेवा दिने लक्ष्य रहेको बताए । उनका अनुसार अब नागरिकले घटनाको विवरण उल्लेख गरी मोबाइलबाटै अनलाइन उजुरी दर्ता गर्न सक्नेछन् ।

उजुरीकर्ताले आफू रहेको स्थान वा घटना भएको सम्बन्धित जिल्ला तथा इलाका प्रहरी कार्यालयलाई सम्बोधन गरी उजुरी पठाउन सक्ने व्यवस्था मिलाइएको छ । “नागरिकले प्रहरी कार्यालयसम्म पुगेर उजुरी दिनुपर्ने सास्ती अब हटेको छ,” नेपाल प्रहरीका प्रवक्ता अबि नारायण काफ्ले ले टेकपानासँग भने, “यसबाट प्रहरीको सेवा थप पारदर्शी, सहज र नागरिकमैत्री हुने विश्वास छ ।”

You may also like