कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९०४ पुग्यो, २९ हजार ६१८ संक्रमित

by समतल अनलाइन

हङकङमा चार दिनदेखि क्रुजमै थुनिएका सयौं यात्रुले बल्ल पाए मुक्ति

बेइजिङ । कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या ९०४ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ९१ जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमध्ये ९०२ जनाको चीनमा, एक जनाको फिलिपिन्समा र एक जनाको हङकङमा ज्यान गएको बीबीसीले जनाएको छ ।

यस्तै २९ हजार ६३१ जनामा कोरोना संक्रमण भएको पुष्टी भएको छ । पछिल्लो २४ घण्टामा मात्र २ हजार ६ सय १८ जनामा संक्रमण पुष्टी भएको हो ।

यसैबीच हङकङको एउटा पानीजहाजमा कोरोना संक्रमणको आशँकामा पाँच दिनदेखि रोकिएका यात्रुलाई जहाजबाट उत्रन अनुमती दिइएको छ । जहाजमै गरिएको परीक्षणबाट उनीहरुमा कोरोना संक्रमण नभएको पुष्टी भएपछि जहाजबाट उत्रन अनुमती दिइएको बीबीसीले जनाएको छ ।

जहाजमा कोरोना संक्रमित पनि रहेको आशंकामा तीन हजार ६ सय यात्रु र चालक दलका सदस्यलाई जहाजबाट उत्रन रोक लगाइएको थियो । जापानमा यस्तै एउटा जहाजमा रहेका यात्रु भने ६ दिनदेखि डाक्टरको निगरानीमा छन् । एक जना कोरोना संक्रमित जहाजमा रहेको पाइएपछि जहाजका सबै तीन हजार सात सय नागरिकलाई क्वारेन्टाइनमा राखिएको जनाइएको छ ।

 

 
 
  
 

You may also like