तरकारीमा झन बढ्यो परनिर्भरता, भारतले आलुमा प्रतिबन्ध लगाए प्याजकै अवस्था आउने

by समतल अनलाइन

काठमाडौं । देशमा तरकारीप्रतिको परनिर्भरता घट्नुको साटो झन् बढ्न थालेको छ । देशको केन्द्रीय तरकारी बजार कालीमाटी फलफूल तथा तरकारी बजार समितिले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आलुमा थप परनिर्भरता बढेको छ ।

समितिले बिहीबार गरेको सुनुवाइमा आर्थिक वर्ष २०७५–७६ मा उपत्यकावासीको मागको ४० प्रतिशत मात्रै आलु भारतबाट आयात गरिएकामा चालू आर्थिक वर्षको पहिलो सात महिनामै यसको आयात मागको ६६ प्रतिशत रहेको छ ।

हरेक तरकारीमा यस्तै परनिर्भरता बढ्ने हो भने भारतले आलुमा पनि कुनै दिन प्रतिबन्ध लगाएको खण्डमा प्याजमा जस्तो नहोला भन्न सकिन्न । यस्तै परनिर्भरताको असर अहिले लसुनमा पनि देखिएको छ ।

चालू आर्थिक वर्षमा कालीमाटी बजारमा ३९ हजार १५३ मेट्रिक टन आलु भित्रिएकामा २६ हजार १५ मेट्रिक टन भारतबाट आयात भएको हो । गोरखापत्र दैनिकबाट

 
 
  
 

You may also like