काठमाडौं।भारतीय अन्तरिक्ष अनुसन्धान केन्द्र (इसरो) ले आफ्नो पहिलो ह्युमोयड (मानिसजस्तै देखिने रोबोट) को पहिलो प्रोटोटाइप पेश गरेको छ । यस रोबोटको नाम व्योममित्र राखिएको छ ।
डिसेम्वर २०२१ मा पठाइने मानव अन्तरिक्ष मिशनमा व्योममित्रले पुरुष अन्तरिक्षयात्रिलाई सहयोग गर्नेछिन्।
गगनयान प्रोग्राम अन्तर्गत व्योममित्रलाई यस वर्षको अन्त्यमा र आउदो वर्ष पनि मानव रहित मिसनमा पठाइने छ ।
बेंगलोरमा यसै हप्ता भएको मानव अन्तरिक्षयान र अन्वेषणः वर्तमान चुनौतीहरु र भविष्यको प्रवृत्ति विषयक ३ दिने अन्तर्राष्ट्रिय गोष्ठिमा व्योममित्रलाई सार्वजनिक गरिएको थियो । जुन कार्यक्रमको सबैभन्दा आकर्षक प्रस्तुती रहेको थियो ।
कार्यक्रममा उपस्थित मानिसहरु व्योममित्रले आफ्नो परिचय आफैंले दिएकोमा अचम्मित भएका थिए ।
रोबोटले सबैलाई मेरो नमस्कार, म व्योममित्र हुँ र मलाई अर्ध मानव रोबोटको नमुनाको रुपमा पहिलो मानवरहित गगनयान मिशनको लागि बनाइएको हो भनेर आफ्नो परिचय दिएको थियो । रोबर्टले आफू पूरा यानको मापदण्डलाई निगरानीमा राखेर अरुलाई सचेत गराउने र स्विच प्यानलको संचालन सहित विभिन्न काम गर्न सक्ने बताएको थियो ।
अन्तरिक्ष केन्द्रले हाल देखाईएको प्रोटोटाइपमा थप काम गरिरहेको जानकारी दिएको छ । यो अल्गाेरिदम लजिकमा आधारित रहेर तयार पारिएकोहो ।
भारतले डिसेम्वर २०२१ मा मानव मिसनलाई अन्तरिक्षमा पठाउनु पहिले इसरोले दुई मानवरहित मिसन डिसेम्बर २०२० र जुन २०२१ मा अन्तरिक्षमा पठाउने छ । बीबीसीबाट