तिलोत्तमा मेलामा फुटबल : राममणीको विजयी शुरुवात

by समतल अनलाइन

 मैत्रीपूर्ण खेलमा पत्रकार टिम विजयी श्रेष्ठद्धयको ह्याट्रीक
बुटवल ।दोस्रो राष्ट्रिय औद्योगिक व्यापार मेला तथा कृषि पर्यटन महोत्सव २०७६ अन्तरगत दोस्रो अन्तर स्कुल/कलेज फाईभ ए साईड फुटबल प्रतियोगिता शुरु भएको छ ।

खेल क्षेत्रको विकास गर्दै युवा खेलाडीहरुलाई प्लेटफर्म दिने उद्येश्यका साथ मेला परिसरमा फुटबल प्रतियोगिता आयोजना गरिएको हो । तिलोत्तमा उद्योग वाणिज्य संघको आयोजना तथा जानकीनगर युवा क्लबको ब्यवस्थापनमा आईतबार भएको उद्घाटन खेलमा राममणी कलेजले विजयी शुरुवात गरेको छ । राममणीले तिलोत्तमा कलेजमाथि २–१ गोलको जित निकाल्दै दोस्रो चरणमा प्रवेश गरेको छ । खेलको तेस्रो मिनेटमा तिलोत्तमाका सुन्दर जंग कुमारले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । तर यो धेरै बेर टिक्न सकेन । राममणीका सुजन गलामीले खेलको ७ तथा प्रविन थापाले २२ मिनेटमा गोल गर्दै खेलमा जित निकाले ।

पाच–पाच जनाको खेलाडीको दुई टिम बिच हुने प्रतियोगितामा फुटसलको नियम अनुसार खेलाईएको छ । प्रतियोगिताको उपाधी विजेता टिमलाई नगद ३० हजार तथा उपविजेता टिमलाई नगद १५ हजार, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने जानकीनगर युवा क्लबका अध्यक्ष दिनेश गैरेले बताए । जिल्लाका २५ वटा टिमहरु भाग लिएको प्रतियोगिताको फाईनल खेल २१ गते हुने छ ।

आईतबार प्रतियोगितामा भएको मैत्रीपूर्ण खेलमा पत्रकारको टिम बिजयी भएको छ । मेला आयोजक मुल समितीलाई ७–२ गोल अन्तरले पराजित गर्दै पत्रकारको टिम विजयी भएको हो ।

प्रतियोगितामा पत्रकारको टिमबाट स्वस्तिक श्रेष्ठ र दिनेश श्रेष्ठले ह्याट्रिक गरेका थिए । यसैगरि मोहन न्यौपाने एक गोल गरेका थिए । आयोजकको तर्फबाट ज्ञानेन्द्र कार्कीले २ गोल गरेका थिए

 
 
  
 

You may also like