रातीमा लाग्ने ऐतिहासिक ११० औ भड्छा तथा माघेऔसी महोत्सवको तयारी पुरा

by समतल अनलाइन

ऐतिहासिक भड्छा मेला बिहिबार रातिदेखि सुरु हुँदै
टिका खरेल
सैनामैना। रुपन्देहीको सैनामैना नगरपालिका वडा नं. ८ भड्छामा लाग्ने ऐतिहासिक ११० औ भड्छा तथा माघेऔसी महोत्सवको तयारी पुरा भएको छ । माघ ेऔंसीको अवसरमा लाग्ने महोत्सवको तयारी पुरा भएको भड्छा गाउँ समाजले बुधबार पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिएको छ । माघ ९,१० र ११ गतेसम्म सञ्चालन हुने महोत्सवलाई ब्यवस्थित तरिकाले सञ्चालन गर्ने गरि तयारी भएको मेला संचालन मुल समितीका संयोजक रामशरण न्यौंपानेले जानकारी दिए । ‘

हाम्रो सस्कृति हाम्रो पहिचान, संस्कृति जगेर्ना गर्ने हाम्रो अभियान’ भन्ने मुल नारा सहित विगतका बर्षमा जस्तै यस बर्षपनि थारु समुदायको सांस्कृतिक पहिचान र स्थानिय कला संस्कृतीको जगेर्ना गर्ने उद्धेश्यले तिन दिनसम्म महोत्सव सञ्चालन हुने उनले बताए ।

बिहिबार राती ८ बजे महोत्सवको प्रतिनिधिसभा सार्वजनिक लेखा समितिका सभापति भरत कुमार शाहले उद्घाटन गर्ने तयारी भएको आयोजकले बताएको छ । भड्छामा रातभरि मेला लाग्ने र औंसीको दिनमा नदिमा नुहाउने चलन पुस्तौंदेखि चल्दै आएको भड्छा गाउँ समाजका अध्यक्ष बुद्धिराम चौधरीले जानकारी दिए ।

पुस्तैदेखि चैल्दै आएको महोत्सवलाई यँहाका स्थानीयले निरन्तरता दिँदै आउँदा यो वर्ष ११० औं वर्षमा पुगेको उनले बताए । पहिले गाउँ घरमा चामल मागेर मेला सञ्चालन हुने गरेको चौधरीले स्मरण गरे । अहिले भने नगरपालिकाले समेत आफ्नै महोत्सव हुने गरि अपनोत्व लिएको उनले बताए । महोत्सव सञ्चालनको लागि मञ्च निर्माणको लागि नगरपालिकाले ४ लाख २८ हजार सहयोग गरेको उनले बताए ।

रुपन्देही जिल्ला कै सबैभन्दा पुरानो मेला भड्छा मेला भएको स्थानीले दाबी समेत गरेका छन । महोत्सवले गर्दा थारु संस्कृति संरक्षण र पुस्तामा हस्तानान्तरणमा सहयोग पुराएको सांस्कृति संयोजक रामबहादुर थारुले जानकारी दिए । मेला अबधीभर राष्टिय तथा स्थानिय कलाकारको प्रस्तुती सहित विभिन्न खेलकुद तथा विबिध सांस्कृतीक कार्यक्रम आयोजना गरिने भएको छ ।

जस अन्तर्गत वडा स्तरिय खुल्ला भलिबल प्रतियोगिता माघ ९ गते बिहानबाट सुरु हुने आयोजकले पत्रकार सम्मेलनमा जानकारी दिएको छ । पहिलेका बर्षमा जस्तै यसबर्षपनि खेलकुदको विकाश संगै खेलाडीहरुको क्षमता बढाउनका लागी प्रतियोगिता आयोजना गरिएको भलिबल खेल संयोजक राजकुमार चौधरीले जानकारी दिए ।
प्रतियोगितामा बिजयी टिमले नगद २० हजार तथा उपबिजेता ले नगद १० हजार तथा सान्त्वना २ टिमले जनही ५ हजार सहित कप तथा मेडलले पुरस्कृत गरिने भएको हो । त्यस्तै पाचौ भड्छा डान्सिङ आईडल पनि हुने भएको छ ।

त्यस्तै महोत्सबमा आयोजना गरिएको बिद्यालयस्तरिय लोकनृत्य प्रतियोगिता मा पनि उत्कृष्ट ३ बिद्यालयलाइ पुरस्कृत गरिने संयोजक पर्सुराम चौधरीले जानकारी दिए । महोत्सबको पुर्वसन्ध्यामा रक्तदानको कार्यक्रम समेत आयोजना गरिएको छ । महोत्सवमा विशेष गरि विभिन्न समुदायले पकाएको परिकारका स्टलहरु तथा स्वदेशमै उत्पादित कृर्षीजन्य उत्पादनलाई प्रर्दशन गरिने छ ।

 
 
  
 

You may also like