‘तिमीले संसार बदल्ने सोच लिएका छौ भने पहिले आफैंलाइ परिवर्तन गर’

by समतल अनलाइन

भारतीय स्वतन्त्रता आन्दोलनका एक प्रमुख राजनीतिक तथा आध्यात्मिक नेता हुन् महात्मा गान्धी । भारतलाई स्वतन्त्र गराउन यिनको ठूलो योगदान रहेको छ । महात्मा गान्धी विश्वका महापुरूषहरू मध्ये एक मा गनिन्छन् ।खास नाम मोहनदास करमचन्द गान्धी रहेका महात्मा गान्धीले धेरै उपदेश छोडर गएका छन् ।

सत्य, अहिंसा र सत्याग्रह उनको सिद्धान्त हो ।उनका उपदेशहरु मानव जीवनलाई अर्थपूर्ण र उपयोगी बनाउने खालका छन् । उनका विचारले जीवनमा सधैं अगाडि बढ्न मद्दत गर्नेछ । हेर्नुहोस् महात्मा गान्धीका केहि उपदेशहरु जसले तपाइँको जीवन नै बदल्न सक्छ ।

तपाईं आफ्नो विनम्रता द्वारा सम्पूर्ण विश्वलाई हल्लाउन सक्नुहुन्छ। शान्तिको कुनै अर्को ठाउँ छैन, केवल शान्ति नै छ। तिमीले संसार बदल्ने सोच लिएका छौ भने पहिले आफैंलाइ परिवर्तन गर ।अल्पमतमा परेपनि सत्य सँधै सत्य नै हुन्छ । मोती बाहिर चम्कन्छ भने पुस्तक अन्तस्करणमा ।कुनैपनि स्वतन्त्र राष्ट्रको अन्त्य भनेको यौन हो ।प्रेम नहुने ठाउँमा जीवन नै हुँदैन ।

यतिकुरा बुझिराख पहिले तिनिहरुले तिमलाई बेवास्ता गर्ने छन्, त्यसपछि हाँस्नेछन् अनि – लड्ने छन् र अन्तमा तिमीले जित्ने छौ ।तिमी जे सोच्छौ त्यही नै बन्छौ ।कसैले क्षमा दिन्छ भने बुझ्नुस त्यो बलिष्ठ व्यक्ति हो, किनकि कमजोरले कहिल्यै कसैलाई क्षमा दिँदैन ।गरीबी हिंसाको सबैभन्दा नराम्रो रुप हो ।

ad

 
 
  
 

You may also like