म्यानचेस्टर सिटीको प्रभावशाली जित

by समतल अनलाइन

काठमाडौँ। गएराति भएको कारबाओ कपको सेमिफाइनल खेलमा म्यानचेस्टर सिटीले म्यानचेस्टर युनाइटेडलाई ३–१ गोलले पराजित गर्न सफल भएको छ । आफ्नै घरेलु मैदानमा म्यानुले लज्जास्पद हार भोगेको हो ।

पहिलो लेगमा सानदार जित हात पारेको म्यानसिटीले सानदार अग्रता हासिल गर्न सफल भएको छ ।

म्यानसिटीका लागि खेलको १७ औ मिनेटमा बर्नाण्डो सिल्भाले गोल गरे । खेलको ३३ औ मिनेटमा महरेजले गोल गर्दै दुई गोलको अग्रता दिलाए ।

युनाईटेडका परेराले आत्मघाति गोल गरेपछि म्यानसिटी पहिलो हाफमै ३–० गोलको अग्रता बनाएको थियो । आफ्नै घरेलु मैदानमा तीन गोलले पहिलो हाफमा पछि परेको म्यानुले दोस्रो हाफमा भने एक गोल फर्काउन सफल भएको थियो ।

म्यानुका लागि मार्कस रासफार्डले ७० औ मिनेटमा गोल गरे ।

दोस्रो लेगको खेल जनवरी २९ मा सिटीको घरेलु मैदान ईतिहाद स्टेडियममा हुनेछ ।

 
 
  
 

You may also like