नेपाल भ्रमणवर्ष मनाइरहँदा अघिल्लो वर्षको पर्यटक आगमन तथ्यांक निराशाजनक

by समतल अनलाइन

काठमाडौँ। २० लाख पर्यटन भित्राउने महत्वकांक्षी लक्ष्यसहित नेपाल भ्रमणवर्ष मनाइरहँदा अघिल्लो वर्षको पर्यटक आगमन तथ्यांक भने निराशाजनक रहेको पाइएको छ । सन् २०१९ मा ११ लाख ५२ हजार ५०१ पर्यटकले नेपाल भ्रमण गरेका छन् । जुन अघिल्लो वर्ष २०१८ को तुलनामा १।७५ प्रतिशतले कम हो ।

अध्यागमन विभागका अनुसार सन् २०१८ मा ११ लाख ७३ हजार ७२ पर्यटकले नेपाल भ्रमण गरेका थिए । यो सन् २०१७ तुलनामा २४।७ प्रतिशतले बढी थियो ।

यसरी हेर्दा सन् २०१८ को पर्यटक आगमन हालसम्मको उच्च देखिएको छ ।

सन् २०१९ मा पनि नेपाल भ्रमण गर्ने पर्यटकमध्ये सबैभन्दा बढी दक्षिण छिमेकी मुलुक भारतबाट २ लाख ९ हजार ६११ र दोस्रोमा उत्तरी छिमेकी चीनबाट १ लाख ६९ हजार ५४३ रहेका छन् ।

कारोबार दैनिकमा दीपेन्द्र थापाले लेखेका छन् ।

 
 
  
 

You may also like