52
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदी दुवैको मूल्य वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ हजार रुपैयाँले बढेर २ लाख ४८ हजार १ सय रुपैयाँ पुगेको छ। यसअघि शुक्रबार सुन प्रतितोला २ लाख ४६ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला २० रुपैयाँले बढेको छ। आज चाँदी प्रतितोला ३ हजार २१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। शुक्रबार चाँदीको मूल्य प्रतितोला ३ हजार १९५ रुपैयाँ रहेको थियो।
सुन र चाँदी दुवैको मूल्य बढेसँगै आज नेपाली बजारमा दुवै धातु महँगिएका छन्।

