जन्मदिनमा पहिलो पाइला नेपाल बुटवलका अध्यक्ष गौरव खनालद्वारा दृष्टिविहीन संरक्षण केन्द्रलाई खाद्यान्न सहयोग

by समतल अनलाइन
38Shares

बुटवल । पहिलो पाइला नेपाल बुटवल शाखाका अध्यक्ष गौरव खनालले आफ्नो जन्मदिनको अवसरमा सामाजिक सेवामार्फत खुसी साटेका छन्।

खनालको जन्मदिनको अवसर पारेर पहिलो पाइला नेपाल, बुटवल शाखाको समन्वयमा रुपन्देहीको बेलबासस्थित दृष्टिविहीन संरक्षण केन्द्रमा खाद्यान्न वितरण गरिएको हो।

जन्मदिनलाई सामाजिक सेवासँग जोड्दै संरक्षण केन्द्रमा रहेका व्यक्तिहरूलाई खाद्यान्न सहयोग गरिएको खनालले बताए ।

सेवामूलक कार्यमा सहभागी हुन पाउँदा खुसी लागेको भन्दै पहिलो पाइला नेपाल बुटवल शाखाले यस्ता सामाजिक तथा मानवीय सेवाका गतिविधिलाई निरन्तरता दिने जनाएको छ।

यस अवसरमा अध्यक्ष खनाललाई जन्मदिनको शुभकामना व्यक्त गर्दै उनको सुख, शान्ति, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको कामना गरिएको छ।

You may also like