देशका विभिन्न क्षेत्रमा वर्षा, तापक्रम घटेर शीतलता

by समतल अनलाइन
36Shares

काठमाडौं । मौसम बदली भई देशका विभिन्न क्षेत्रमा वर्षा भएकाले तापक्रम ह्वात्तै घटेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशमा सबैभन्दा उच्च तापक्रम भैरहवामा ३२.६ र धनगढीमा ३२.३ डिग्री रहेको छ । तापक्रम घट्दा देशभर शीतल महसुस भएको छ ।

अन्य जिल्लामा त्योभन्दा कम नै तापक्रम रहेको छ । तीन दिन अघि केही जिल्लामा ४१ डिग्री नाघेको तापक्रम आज घटेको हो । यसैबीच आज पछिल्लो २४ घण्टामा विभिन्न जिल्लामा भारी वर्षा भएको छ । विभागका अनुसार धनुषा महोत्तरी, बारा, मोरङ, मकवानपुर, नवलपरासी पूर्व, तनहुँलगायत जिल्लाका केही मापन केन्द्रमा भारी वर्षा मापन भएको छ ।

विभागको मौसम पूर्वानुमान महाशाखाचले आज साँझ जारी गरेको बुलेटिनअनुसार आज राति कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको एक–दुई स्थानमा भारी वर्षा हुने अनुमान गरिएको छ ।

विभागका सूचना अधिकारी दिनकर कार्यस्थका अनुसार जेठ २९ गते शुक्रबार कोशी, मधेश र बागमती प्रदेशलगायत देशको हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्ने तथा बाँकी तराई भू–भागमा आंशिक बादल लाग्ने जनाइएको छ ।

You may also like

This will close in 0 seconds