बुटवल बसपार्कबाट ३६ किलो चरेशजस्तो पदार्थसहित एक जना पक्राउ

by समतल अनलाइन
46Shares

बुटवल । रुपन्देहीको बुटवलस्थित नयाँ बसपार्कबाट प्रहरीले ३६ किलो चरेशजस्तो देखिने पदार्थसहित एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा पाल्पाको रामपुर नगरपालिका–९ घर भई हाल बुटवल उपमहानगरपालिका–११ बुद्धनगरमा बस्दै आएका ५३ वर्षीय लुकबहादुर रखाल रहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार बुटवल उपमहानगरपालिका–९ स्थित नयाँ बसपार्क क्षेत्रमा लागूऔषध कारोबार भइरहेको भन्ने गोप्य सूचना पाएपछि इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरी टोलीले असोज २६ गते रखाललाई नियन्त्रणमा लिएको हो।

प्रहरीले उनलाई चरेशजस्तो देखिने पदार्थसहित पक्राउ गरी आवश्यक अनुसन्धानका लागि रुपन्देही जिल्ला अदालतमा पेस गरेको थियो। अदालतले असोज २७ गते लागूऔषध नियन्त्रण ऐन, २०३३ अन्तर्गतको कसुरमा थप अनुसन्धान गर्न पाँच दिनको म्याद दिएको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक कृष्णकुमार चन्दले
जानकारी दिएका छन्।

You may also like