काठमाडौंमा घरायसी विवादमा चक्कु प्रहार, एक युवकको मृत्यु

by समतल अनलाइन
50Shares

काठमाडौंको चन्द्रागिरि नगरपालिका–३ थानकोट खरिबोट मा घरायसी विवादका क्रममा चक्कु प्रहार हुँदा एक युवकको मृत्यु भएको छ।

महोत्तरी घर भएका अन्दाजी ३८ वर्षीय समी अहमदले आफ्नो सालो नाता पर्ने महोत्तरीकै अन्दाजी २५ वर्षीय जाकिर मन्सुरीमाथि तरकारी काट्ने चक्कु प्रहार गरेका हुन्।

घाइते मन्सुरीलाई उपचारका लागि मेडपोइन्ट अस्पताल लगिएको थियो। उपचारकै क्रममा गएराति साढे ९ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवन भट्टराई ले जानकारी दिएका छन्।

घटनामा संलग्न समी अहमदलाई प्रहरी वृत्त थानकोट ले नियन्त्रणमा लिएको छ।

You may also like