बाढी प्रभावितका लागि यशोदा ग्रुपद्वारा ३ करोड ८१ लाखभन्दा बढी सहयोग

by समतल अनलाइन
22Shares

काठमाडौं । रसुवा–भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि यशोदा ग्रुपअन्तर्गतका यशोदा फुड्स र श्रीराम टोबाको प्रालिले ३ करोड ५१ लाख ५१ हजार रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरेका छन्।

उक्त सहयोग रकमको चेक यशोदा ग्रुपका अध्यक्ष कमलकिशोर मालपानी र चेयरमेन चुन्नप्रसाद शर्माले संयुक्त रूपमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन्।

कम्पनीका अनुसार बाढीबाट बढी प्रभावित रसुवा, नुवाकोट र धादिङ लगायतका क्षेत्रमा राहतस्वरूप थप ३० लाख रुपैयाँ बराबरको ‘करेन्ट’ चाउचाउसमेत वितरण गरिएको छ। बाढीपीडितलाई राखिएका विभिन्न आश्रयस्थलमा अत्यावश्यक खाद्य सामग्रीका रूपमा चाउचाउ पठाइएको कम्पनीले जनाएको छ।

नगद सहयोग र राहत सामग्री गरी कम्पनीले ३ करोड ८१ लाख ५१ हजार रुपैयाँ बराबरको सहयोग गरेको जनाएको छ।

बाढी तथा पहिरोबाट प्रभावित नागरिकको तत्कालीन आवश्यकता पूरा गर्न सहयोग गरिएको बताउँदै कम्पनीले आगामी दिनमा पनि आवश्यक परे थप चाउचाउ तथा अन्य राहत सामग्री उपलब्ध गराउन आफूहरू तयार रहेको जनाएको छ।

You may also like